३४ वर्षपछि फरार अभियुक्त पक्राउ

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा ३४ वर्षदेखि फरार एक अभियुक्त पक्राउ परेका छन् । जिउ मास्ने बेच्ने मुद्दाका फरार अभियुक्त साविक रामनगर गाविस–१ (हाल सुनवल नगरपालिका–१२ भूमही) का ७६ वर्षीय पदमदत्त सापकोटालाई नवलपरासी प्रहरीले पक्राउ गरेको हो । तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालत डिभिजनले विसं २०४३ असार ८ गते सापकोटालाई जिउ मास्ने बेच्ने मुद्दाअन्तर्गत १० वर्षको सजाय फैसला गरेपछि फरार रहेका सापकोटालाई ३४ वर्षपछि पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय परासीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले राससलाई जानकारी दिए । पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत पेश गरिएकामा अदालतको आदेशअनुसार तोकिएको १० वर्ष सजाय भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको उनले बताए ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया