NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

१४७७ कोरोना संक्रमित थपिए, काठमाडौंमामात्रै ८०७

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा एक हजार चार सय ७७ नयाँ कोरोना संक्रमित थपिएका छन् । कुल ६ हजार चार सय ७६ जनामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा आठ सय सात नयाँ संक्रमित थपिएका छन् । काठमाडौंमा ६ सय ३२, भक्तपुरमा ४२ र ललितपुरमा एक सय ३३ जना संक्रमित थपिएका हुन्। यसैगरी पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको अध्यावधिक तथ्यांक छ । अद्यावधिक विवरणमा उल्लेख भएअनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नौ हजार सात सय ७६ पुगेको छ । त्यसमध्ये ३५ हजार एक सय २५ सक्रिय संक्रमित छन् । एक लाख ७३ हजार चार सय ३० जना कोरोना संक्रमण मुक्त भइसकेका छन् भने एक हजार दुई सय २१ को संक्रमणका कारण निधन भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नौ हजार सात सय ७६ पुगेको छ ।