मन्त्री सुवेदीलाई कोरोना सङ्क्रमण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । मन्त्री सुवेदीलाई ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि नमूना परीक्षण गराउँदा सोमबार कोरोना पोजेटिभ देखिएको उनको स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिए । कोरोनाको सङ्क्रमण देखिएपछि होम आइसोलेसनमा बसेका मन्त्री सुवेदीको स्वास्थ्य अवस्था सामान्य रहेको धामीले बताए । यसअघि मन्त्री सुवेदीका अर्का स्वकीयसचिव र दुई सुरक्षा गार्डमा समेत कोरोना सङ्क्रमण देखिएकोको थियो । प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह कोरोना सङ्क्रमित भई हाल काठमाडौँमा उपचाररत छन् । गएको कात्तिक १५ गते उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
ताजा अपडेट
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
-
नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड
-
रविको पद प्राप्ति र समाप्तिमा दोषी को ?
-
चर्चित युवा ज्योतिषी दिवाकर पन्तको दोस्रो पुस्तक ‘दिव्य वास्तु विज्ञान’ बजारमा
प्रतिक्रिया