NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

कांग्रेस न भारतसँग झुक्यो न चीनसँग झुक्छ : महर

काँग्रेस नेता नैनसिंह महरले सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको सवालमा काँग्रेस कसैसँग नझुक्ने बताएका छन् । नेपालको सार्वभौम सत्ता र राष्ट्रिय अखण्डताको सवालमा काँग्रेस अहिलेसम्म कसैसँग नझुकेको भन्दै उनले फेरि पनि नझुक्ने बताएका हुन् । ‘सबैभन्दा ठूलो राष्ट्र र राष्ट्रियता हो। राष्ट्र नै नरहे, राष्ट्रको भूमि अरुले मिच्दै जाने हो भने हामीले केका लागि राजनीति गर्ने ?’, उनले भने, ‘त्यसैले सरकारले दुवै छिमेकी देशसँग वार्ता र छलफलका माध्यमबाट सीमा विवादलाई दीर्घकालीन रुपमै समाधान गर्नुपर्छ । कांग्रेसले चीनतिरको मात्रै होइन दार्चुलाको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भारतले मिचेका भूमिका विषयमा पनि निरन्तर खबरदारी गर्दै आएको बताए । हुम्ला नाम्खाको लोलुङजोङ लगायतका मिचिएका सिमानाका बारेमा राष्ट्रियताको अडान लिदा चीनले काँग्रेसलाई भारत परस्त देख्नुले काँग्रेस सार्वभौम सत्ता र राष्ट्रिय अखण्डताको सवालमा कसैसंग न झुकेको र नझुक्ने प्रष्ट भएकाे उनको भनाई थियो । बिपी कोइराला नेतृत्वको काँग्रेस सरकारले सगरमाथा नेपालको भनी प्रमाणित गरेर चीनसंगको सीमा समस्या समाधान गरेको भए पनि यो बीचमा थप समस्या उब्जिएकोले सामाधानको उपाय निकाल्नु आवश्यक छ भएको उनको भनाई छ । नेता महरले विवादित भागमा वैज्ञानिक सिमांकन गरेर सी समस्या सुल्झाउनु उत्तम विकल्प भएको सुझाए । छिमेकी राष्ट्र भारत र चीनले नेपालको बलियो राष्ट्रियता, प्रगति , समृद्धि, शान्ति र स्थिरताले मात्र महाशक्ति राष्ट्र बन्ने सपना साकार हुनसक्छ भन्ने यथार्थता बुझ्नु आवश्यक रहेको नेता महरको भनाई छ ।