नेकपा नेता भुसालको कोरोनाबाट मृत्यु

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका नेता चन्द्र भुसालको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कोहलपुर नगरपालिका–५, बाँके निवासी ५८ वर्षीय नेता भुसालको शिक्षण अस्पताल कोहलपुरबाट थप उपचारका लागि भेरी अस्पतालमा ल्याई भर्ना गर्ने क्रममा साँझ ५ : १५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार मुटुसम्बन्धी रोगबाट ग्रसित भुसाल कात्तिक ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमा थिए । थप उपचारको लागि भेरी अस्पताल ल्याई भर्ना हुन जाने क्रममा उनको निधन भएको हो । मृतक भुसाल नेकपा बाँके जिल्ला कमिटी सदस्य थिए । नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले भुसालको निधनले नेकपाले एक कुशल नेता गुमाएको बताए ।यो सँगै बाँकेमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेका अस्पतालमा उपचारको क्रममा आई ३८ जनाको मृत्यु भएको छ ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया