NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

बैठक सार्नकै लागि सचिवालयमा उपस्थित हुँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा सचिवालयको बैठकमा उपस्थित भएर बैठक सार्न प्रस्ताव गर्ने तयारी गरेका छन् । आफू निकट नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ लगायत नेतासँग भेटघाटपछि प्रधानमन्त्री ओली यस्तो मनस्थितीमा पुगेको प्रधानमन्त्रीसँगको छलफलमा सहभागी एक नेताले बताए । आफूलाई भ्रष्टाचारको संरक्षक आरोपित गरेको प्रचण्डको राजनीतिक प्रतिवेदन फिर्ता हुनुपर्ने अडानमा रहेका प्रधानमन्त्री ओलीले बैठकमा सहभागी हुने, तर बैठक केही दिन सार्न आग्रह गर्ने तयारी गरेका हुन् । तर, प्रधानमन्त्रीको तयारीबारे प्रचण्ड समूहले प्रतिक्रिया दिन चाहेन । ‘हामी अहिले बैठकको आन्तरिक तयारीमा छौं,’ सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले नेपालवाचसँग भने, ‘बैठकमा के प्रस्ताव आउँछ, त्यसमा निर्भर रहनेछ, अहिलेलाई केही भन्न सकिएन ।’