ब्राजिल र अर्जेन्टिना विजयी

ब्राजिल र अर्जेन्टिनाले विश्वकप छनोटका चौथो चरणका खेल जितेका छन् । आज बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २-० र अर्जेन्टिनाले पेरुलाई पनि २-० गोल अन्तरले पराजित गरेका हुन् । ब्राजिलका लागि ३४ औं मिनेटमा आर्थुर मेलो र रिचारलिसनले ४५ औं मिनेटमा गोल गरे । अर्जेन्टिनाका लागि १७ औं मिनेटमा निकोलास गोञ्जालेज र २८ औं मिनेटमा लाउटारो मार्टिनेजले गोल गरे । चार चार खेल सकिंदा ब्राजिलले चारवटैमा जित निकाल्दै १२ अंक जोडेको छ । अर्जेन्टिनाले चार खेलबाट तीनमा जित र एकमा बराबरी खेल्दै १० अंक बटुलेको छ । बुधबार बिहानै भएको खेलमा इक्वेडरले कोलम्बियालाई ६-१ र भेनेजुएलालाई चिलीलाई २-१ ले पराजित गरे ।
ताजा अपडेट
-
उपाधिका लागि निर्णायक खेल जारी : पहिलो हाफ लिभरपुल बराबरीमा, सिटी एक गोलले पछि
-
इन्धनमा भारी मूल्यवृद्धि, पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यास सबैमा बढ्यो
-
कनेक्ट आइपिएसमार्फत बीमाको प्रिमियम भुक्तानी, कति सुरक्षित ?
-
ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु
-
अब ३५ पालिकाको नतिजा आउन बाँकी
प्रतिक्रिया