NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एजेण्डाविनै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइयो

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो दुई बजेलाई मन्त्रिपरिषदको वैठक बोलाएका छन् । कुनै पूर्ण निर्धारित एजेण्डाविना नै मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । मन्त्रिपरिषद्को बैठक बस्नुभन्दा २४ घण्टा अघि मन्त्रीहरुलाई बैठकका एजेण्डा अध्ययनका लागि पठाउने अभ्यास छ । तर आजको मन्त्रिपरिषद्को बैठकका लागि कुनै एजेण्डा प्राप्त नभएको एक मन्त्रीले बताए । ‘मन्त्रिपरिषद्को बैठक बस्ने खबर आएको छ, प्रधानमन्त्रीले चाहँदा बैठक बस्ने कुरालाई अन्यथा मान्नु भएन, उनले भने, तर एजेण्डाचाँहि के छ थाहा भएन ।’ यसअघि एक बजेका लागि बैठक बोलाइएको थियो । मन्त्रिपरिषद्को कार्यालयले एक घण्टा ढिलो गरि बैठक बस्ने तय भएको खबर मन्त्रीहरुलाई गरेको छ । प्रधानमन्त्रीले चाहेको बेला मन्त्रिपरिषद्को बैठक बस्न सक्ने व्यवस्था छ । तर मन्त्रिपरिषद्को कार्यालयले सोमबार र बिहिबार नियमित बैठक बस्ने अभ्यास गर्दै आएको थियो । नेकपामा दुई लाइन पार्टी संघर्ष चर्किएको समयमा प्रधानमन्त्रीले मंगलबार मन्त्रिपरिषद्को बैठक बोलाएकाले चासोका साथ हेरिएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।