NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

नेकपा विवाद जटिल मोडमा : राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली

काठमाडौं । विकसित नयाँ राजनीतिक घटनाक्रमले नेकपा विवादलाई उत्कर्षमा पुर्याएको छ । यसैबीच आजै विकसित राजनीतिक घटनाले विवादलाई जटिल र अन्योलग्रस्त मोडमा पुर्याइदिएको छ । यसअघि नै निर्धारित सचिवालय बैठकसँग जुध्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएपछि नेकपा विवाद तरंगित छ । गत शुक्रबार नै सचिवालय बैठक आज १ बजे बस्नेगरी तय भएको थियो । तर, यसबीचमा भएका प्रयासहरू पनि विवाद समाधानउन्मुख नभएपछि जटिलता थपिएका छन् । पाँच दिन पहिल्यै निर्धारित सचिवालय बैठकसँग जुधाएर १ बजे नै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक डाकेपछि यसले नेकपा विवाद जटिल मोडमा पुर्याउने आकलन कतिपयले गरेका छन् । यद्यपि, मन्त्रिपरिषद् बैठक एक घण्टा पर सारिएको छ । यिनै घटनाक्रमकाबीच प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् । सचिवालय र मन्त्रिपरिषद् बैठकको पूर्वसन्ध्याहमा राष्ट्रपतिसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष