NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

सचिवालय बैठक अघि झलनाथको भनाइ : ‘बैठक बस्दैछौँ, महत्वपूर्ण निर्णय हुन्छ, त्यो सबैले मान्नुपर्छ’

काठमाडौँ । केही बेरमा बस्ने नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षिय नेताहरु केहि दिनका लागि सचिवालय वैठक स्थगीत गर्ने एजेण्डा बोकेर जाँदैछन् । पार्टी एकतालाई बलियो बनाउन दुई अध्यक्षवीच थप छलफल गराउने र सहमतिमा पुर्याउन सचिवालय बैठक स्थगीत गर्ने प्रस्ताव जाँदैछ । नेकपा महासचिव विष्णु पौडेलले नेपालवाचसँगको कुराकानीमा दुई अध्यक्षवीच विस्वासको वातावरण बनाउन समय आवश्यक रहेको आफ्नो बुझाई सुनाए । यसअघि आज विहानभर प्रधानमन्त्री ओलीले आफू पक्षिय नेताहरुसँगको भेटघाट बाक्लो बनाएका थिए । उक्त अनौपचारिक छलफलपछि प्रधानमन्त्री ओली प्रचण्ड–नेपाल समूहसँग संवादमा बस्न तयार भएका छन् । त्यही निष्कर्ष सहित ओली पक्षले वैठक स्थगीत गरेर सहमतिमा अघि बढ्ने प्रस्ताव सचिवालयमा लैजादैछ । तर सचिवालयमा बहुमत जुटाएर बसेको प्रचण्ड–नेपाल समूहले यो समय ओलीलाई गलाउने महत्वपूर्ण अवसरको रुपमा लिएका छन् । प्रचण्ड–नेपाल समूहले ओलीलाई सकेसम्म प्रधानमन्त्रीबाट हटाउने र नसके पार्टी निर्देशनमा चल्ने वातावरण बनाउने मनस्थितीमा छन् । त्यसका लागि आजको सचिवालय बैठकबाट महत्वपूर्ण निर्णय गर्नुपर्ने जोड प्रचण्ड–नेपाल समूहको जोड छ । नेपालवाचसँग कुरागर्दै बरिष्ठ नेता झलनाथ खनालले सचिवालयको वैठक बस्ने र त्यसले महत्वपूर्ण निर्णय गर्ने बताए । तर महत्वपूर्ण निर्णय भनेको के हो उनले थप खुलाउन चाहेनन् । उनले प्रधानमन्त्री ओली भ्रष्टाचारको संरक्षक बनेको भनी आरोप लगाइएको प्रचण्डको राजनीतिक प्रतिवेदन फिर्ता लिने अवस्था नरहेको पनि प्रस्ट्याए । ‘बैठक बसिन्छ । वैठकले जे निर्णय गर्छ अब त्यही हुन्छ ।’ उनले भने ‘बैठकले निर्णय गरेपछि जे गरेपनि सबैले मान्नुपर्छ ।’ उनले वैठक स्थगीत गर्ने र दुई अध्यक्ष संवादमा बस्ने गरि अहिलेसम्म दुई अध्यक्षवीच कुनै समझदारी नबनेको बताए ।

ताजा अपडेट

नेपालवाच विशेष