NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

दिनभरका ‘गुड न्युज’

काठमाडाै । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू प्रवाह भए । त्यसमध्ये अधिकांश खबर पाठकलाई निरास बनाउने खालका राजनीतिक खिचातानी, दुर्घटना, अपराधसँग सम्बन्धित छन् । नकारात्मक खबरको बाढीकाबीच पनि केही सकारात्मक सन्देशहरू प्रवाहित भएका छन् । यस्ता समाचारले पाठकमा सकारात्मक उर्जा थप्ने प्रयास गर्छ । नेपालवाचले आजबाट दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची सार्वजनिक गर्न सुरु गरेको छ ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । हामी तपाई सुत्नु अघि शुभ समाचार पढ्नुहोस् र आरामले सुत्नुहोस् भन्ने कामना गर्दछौँ । नाै महिनापछि विद्यालय खुल्दै सरकारले कोरोना महामारीका कारण लामो समयदेखि बन्द शैैक्षिक संस्था खोल्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षा कार्य ढाँचा जारी गरी विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई दिएको छ । अब जोखिम नभएका तथा कम हुँदैै गएका स्थानहरूमा स्थितिको आकलन र समीक्षा गरेर स्थानीय तहले विद्यालयहरूलाई विभिन्न मोडालिटीमा सञ्चालन गर्न अनुमति दिनेछन् । जोखिम बढेमा त्यसको अवस्था हेरी विद्यालय बन्द गर्न सक्ने पनि कार्य ढाँचामा उल्लेख छ । अब घरमै बसेर कोरोना परीक्षण गर्न सकिने काेराेना विरूद्धकाे स्वास्थ्य लडाइमा नयाँ प्रविधिले मान्यता पाएकाे छ । घरमै बसेर कोरोना परीक्षण गर्न सकिने ‘सेल्फ टेस्ट किट’ ले पहिलोपटक अमेरिकामा मान्यता पाएको छ । अमेरिकाको खाद्य तथा औषधी प्रशासन(एफडिए) ले यो किटलाई मान्यता दिएको होे । परिक्षण गरेको ३० मिनेटमै नतिजा पाइने यो किटले प्रयोगशाला धाएर परिक्षण गर्नुपर्ने झन्झटबाट मुक्ति दिने विश्वास गरिएको छ । सेयर बजारमा सुधार तिहारपछि खुलेको सेयर बजारमा सुधार आएको छ । पहिलो कारोबारमा २३.३२ अंकको सुधार देखिएको छ । सुचकमा सुधार भएसँगै ४ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएको छ । खुल्लामञ्चमा खुवाउँदै आएको निःशुल्क खाना अबदेखि थापाथली र पशुपतिमा कोरोना महामारीका कारण प्रभावित मजदुरलाई काठमाडौंको खुल्लामञ्चमा खुवाउँदै आएको निःशुल्क खाना अबदेखि काठमाडौंकै थापाथली र पशुपतिमा खुवाइने भएको छ । महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउन नदिने भएसँगै उनीहरूले कहाँ खाना खान्छन् भन्ने प्रश्न उठेकाे थियाे । महानगरपालिकाकाे अवराेधका विचपनि उनीहरूले नियमित खाना खान पाउने भएका छन् । बुधबारदेखि थापाथलीस्थित प्रसूति गृह पछाडिको चौरमा खाना खुवाइन थालिएको छ । काठमाडौं महानगरले साविकमा खाना खुवाइँदै आएको खुलामञ्चमा रोक लगाएसँगै निरास मजदुरहरूलाई पुनः राहत मिलेको छ । सप्तरीमा ५० शय्याको अस्पताल शिलान्यास सप्तरीमा ५० शय्याको अस्पताल शिलान्यास गरिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नं १ भारदहमा बुधबार अस्पतालको शिलान्यास भएको हो । यहाँ अस्पताल बनेसँगै त्यस क्षेत्रका नागरिकले सहज रूपमा उपचार पाउने छन् र अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताकाे अन्त्य हुनेछ । …गुड नाइट नेपालवाच…