आइपिएल खेल्न नपाएका सन्दीपलाई अष्ट्रेलियाको सम्मान : बिगब्यासमा नयाँ टिम

काठमाडौं । अघिल्ला दुई संस्करणमा मौका पाए पनि नेपालका लेग स्पीनर सन्दीप लामिछानेले आइपिएलमा यसपटक कुनै पनि खेलमा मौका पाएका थिएनन् । उनको टिम दिल्लीले फाइनल खेल्दासम्म सन्दीपलाई एउटा खेलमा पनि सहभागी गराइएन । तर, अघिल्लोपटक अष्ट्रलियाको बिगब्यास, क्यारेवियनको सिपिएलमा राम्रो प्रदर्शन गरेका थिए । आइपिएलमा खेल्न नपाए पनि अष्ट्रलियाको बिगब्यासमा भने सन्दीप छनोट भएका छन् । अघिल्लोपटक मेलबर्न स्टारबाट खेलेका सन्दीप यसपटक होबर्ट हुरिकेन्सबाट खेल्ने भएका छन् । क्लबले सामाजिक संजालमार्फत सन्दीपले टिमबाट खेल्ने जानकारी गराएको हो । यो प्रतियोगिता आगामी डिसेम्बर १० देखि हुँदैछ । अघिल्ला दुई सिजनमा अष्ट्रलियामा २० खेल खेल्दा सन्दीपले २६ विकेट लिएर प्रभावकारी प्रदर्शन गरेका थिए ।
ताजा अपडेट
-
नयाँ मन्त्रीको शपथ बिहान ११ बजे
-
के छ माधव नेपालको प्रतिवेदनमा ?
-
जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि…
-
रविको दलमा धादिङबाट मात्रै चार केन्द्रीय सदस्य, तीन डाक्टर
-
यस्ता छन् रवि लामिछानेको स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया