NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ८ गते

काठमाडौंको चन्द्रागिरीबाट बलात्कार आरोपी पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरीबाट बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा चन्द्रागिरी नगरपालिका– १४ नैकापमा डेरा गरी बस्ने दोलखा भिमेश्वर नगरपालिका– १३ का ३८ वर्षीय वीरबहादुर मगर पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले बुधबार राति पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष