NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

दुधमा चिनी घुलेझैं कांग्रेसमा घुलिसकें : थापा

सूर्यबहादुर थापा राप्रपाका नेता मात्र होइनन् । धेरैपटक नेपालको प्रधानमन्त्री भएका नेता हुन् । पंचायत हुँदै बहुदलमासमेत उनी प्रधानमन्त्री भए । पंचायत निकट हुँदै पछि राजतन्त्रसँग निकटता राख्ने नेताहरु यो दलमा आवद्ध थिए । राप्रपा पटकपटक फुट र जुटको संघारमा अघि बढ्दै आयो । जन्मिंदै राप्रपा थापा र चन्द भएर जन्मियो । यी पार्टीपछि राप्रपा, जनशक्ति, राप्रपा नेपालसहितका अनेक नामले टुटफुट हुँदै आए । देश गणतन्त्रमा प्रवेश गरिसकेपछि पनि राप्रपाका केही नेताले राजतन्त्रको आफ्नो आदर्शलाई त्यागेनन् । सँगै केही नेताहरु देश गणतन्त्रमा प्रवेश गरिसकेपछि अब पुरानो मुद्दामा जान सकिंदैन भनेर फरक मतमा देखिए । यस्तो मत राख्नेमा उनै सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा पनि छन् । उनै थापालाई गत साउनमा कांग्रेस प्रवेश गरेपछि केही दिन अगाडि पार्टीले सह–महामन्त्री बनायो । उनै थापासँग नेपालवाचले गरेको कुराकानी :एउटा राजनीतिक विरासत बोकेको परिवार र पार्टीबाट फरक पार्टी कांग्रेसमा प्रवेश गरेपछिका यी तीनचार महिनामा तपाईंलाई कस्तो अनुभव गरिरहनुभएकाे छ ? म प्रजातान्त्रिक विचारधारा बोक्ने व्यक्ति हुँ । तर, मैंले गणतन्त्र सुरु भएपछि राजनीति सुरु गरें । नेपाली कांग्रेस २००७, २०३६, २०६३ सालमा नेपालमा भएका ठूला आन्दोलनहरुको अगुवाइ गर्ने पार्टी हो । कांग्रेस पार्टी पुरानो राजनीतिक, प्रजातान्त्रिक, दृष्टिकोणका साथ लोकतन्त्रमा विश्वास गर्ने भएकाले म यो पार्टीप्रति आकर्षित भएको हुँ । त्यसैले गएको साउनमा म र साथीहरु यस पार्टीमा आवद्ध भएको हुँ । सही समयमा सही निर्णय लिएकोमा हामी खुसी छौँ । हामी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालको संविधान सभा र नेपाली जनताले दिएको ‘म्यान्डेट’ विपरीत दिशा पक्रियो । अनि म त्यहाँ बसिरहँन सकिनँ । समयको वेग र मागमा परिवर्तनप्रतिको जनताको चाहना अनुसार अघि बढ्नुपर्छ । बिपी कोइरालाको मेलमिलाप, राष्ट्रियता, प्रजातन्त्र, समाजवादको नीति थियो । मेरो बुबा जो सूर्यबहादुर थापा हुनुहुन्छ उहाँ पनि प्रजातान्त्रिक शक्तिबीच मिलेर अघि बढ्नुपर्छ भन्नेमा सधैं दृढ हुनुहुन्थ्यो । यही मान्यताले यो पार्टीमा हामीहरु आवद्ध भएका हौ । तपाईं राप्रपामा हुँदा पनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, राजतन्त्र जस्ता विषयमा राजनीतिक असमझदारी थियो अनि यी मुद्दामा तपाईंको राजनीतिक असमझदारी भएर कांग्रेसमा आउनुभएको हो ? एक किसिमको राजनीतिक असमझदारी थियो । त्यतिखेर राप्रपा र राप्रपा नेपाल दुईवटा पार्टी थियो । हामी राप्रपामा आवद्ध हुँदा पहिला जनशक्ति पार्टी बन्यो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र विषय उठ्दा सूर्यबहादुर थापाले नेतृत्व गरेकोे राष्ट्रिय जनशक्ति पार्टीले भोट हालेको हो । त्यतिखेर सांसद डा.प्रकाशचन्द्र लोहनी, कैलालीको फूलमती र अर्जुन राईले भोट हाल्नु भयो । राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी एक भएपछि निरन्तर संविधानसभामा पनि ‘नोट अफ डिसेन्ट’ नलेखिकन स्वागत गरेर संघीय लोकतान्त्रिक नेपालमा भोट दियाैं । म नेपालको संविधान लेख्छु र नेपाली जनताको परिवर्तनलाई आत्मसाथ गर्छु भनेर अगाडि बढेको बेलामा पछिल्लो समयमा पार्टीले नेपालको संविधानको मर्म भावना बिर्सेर कुबाटोमा हिड्नाले हाम्रो मत फरक भयो । त्यसैले त्यो पार्टीमा हाम्रो विचार नअट्ने देखेर नेपाली कांग्रेसतिर लागेका हौँ । तपाईं कांग्रेसमा आउँदै गर्दा पदाधिकारी तहमा ल्याउने कुराले कांग्रेसभित्र विवाद पनि थियो । पार्टी प्रवेश गर्ने कार्यक्रममा तपाईंले म कसैको भाग खोस्न आएको होइन पनि भन्नुभएको थियो । कांग्रेस प्रवेश गरिसकेपछिको यो चारपाँच महिनामा चाँहि कांग्रेस नेताहरुको व्यवहार कस्तो पाउनुभयो ? म पार्टीमा प्रवेश गरेदेखि पार्टीका म लगायत मेरा साथीहरुप्रति असाध्यै राम्रो व्यवहार गर्नुभयो । तपार्इंहरु जस्तो प्रजातान्त्रिक व्यक्तिहरु पार्टीमा आउँदा पार्टीमा बल पुगोस् भन्ने चाहना राख्नुभयो । उहाँहरुले कुनै दोस्रो दर्जाको र पार्टीमा भाग खोस्न आएको जस्तो नसोची सहजरुपले स्वीकार्नु भयोे । हामी दुधमा चिनी मिलाएको जसरी मिलेका छौं । पछिल्लो समयमा केन्द्रीय कार्य समितिले सह–महामन्त्रीको जिम्मेवारी दिएको छ । त्यसको लागि सभापति लगायत सम्पूर्ण केन्द्रीय कार्य समितिप्रति आभार व्यक्त गर्छु । ७७ जिल्लाका सम्पूर्ण नेपाली कांग्रेसका साथीहरुलाई धन्यवाद दिन चाहन्छु । कसैले पनि सुनिल थापा वा उहाँको मान्छेलाई यो पद दिनु हुन्न भन्ने विचार व्यक्त गर्नुभएको छैन । पार्टी प्रवेश गर्दा पदाधिकराी, पूर्व मन्त्रीहरु, केन्द्रीय सदस्य, ७७ जिल्लाका नेताहरुले फोन गरेर धन्यवाद दिनुभयो । हामीलाई कुनै समस्या भएको छैन । हामी आफ्नै घरमा बसेको महशुस गरिरहेका छौं । तपाईंसँगै राप्रपाका कति नेता कार्यकर्ता कांग्रेस प्रवेश गरे ? जुन मात्रामा नेपाली कांग्रेसमा साथीहरु प्रवेशमा गर्नुपर्ने हो त्यो रोकिएको छ । अब बाँकी रहेको पनि आउनुहुन्छ । धनकुटामा हामीहरुको राप्रपा संयुक्त र कमल थापाको राप्रपा नेपाल थियो । राप्रपा संयुक्त र राप्रपाको मिलनपछि राप्रपा संयुक्तको सम्पूर्ण साथीहरु नेपाली कांग्रेसमा प्रवेश भइयो । जो राप्रपा बनाएको छ त्यो कमल थापाको राप्रपा हो । त्यसलाई उहाँहरुले हेरफेर मात्र गर्नुभएको हो । हामी भएको राप्रपाको समितिमा हामी सुनिल थापासँगै नेपाली कांग्रेसमा समाहित भयौ भनि निर्णय गरिएको छ । जिल्ला–जिल्लाबाट पनि धेरै साथीहरु आएरहनुभएको खवर मलाई आइरहेको छ । कपिलवस्तुमा पछिल्लो समयमा राज बहादुर सिंह आउनुभयो । यो क्रम अहिले रफ्तारमा चलेको छ । ‘लिडर’, ‘वर्कर’ र ‘भोटर’हरुले कांग्रेस प्रवेश गरिरहेका छन् । एकिन आँकडा नभएपनि नेपाली कांगे्रसमा प्रवेशपछि मेरो नेतृत्वमा ४५४६ जिल्लाका साथीहरु कांग्रेस प्रवेश गरिसक्नुभएको छ । कांग्रेस चौधौ महाधिवेशनको पूर्वसन्ध्यामा भएको बेला तपाईंले कांग्रेसको महत्वपूर्ण पद प्राप्त गर्नुभयो । चौधौ महाधिवेशमा याे पार्टीसँग तपाईको अपेक्षा के छ ? राजनीति गर्ने मान्छेले दृष्टिकोण र आकांक्षा बोक्नु स्वभाविक नै हो । तर अहिले नेपाली कांग्रेसप्रति नेपाली जनताको ठूलो आशा र भरोसा छ । नेपाल कम्युनिष्ट पार्टीले राष्ट्रलाई भष्ट्राचार, कुशासन दिएको छ । दुई तिहाई सरकारले काम गर्न नसकेको अवस्थामा नेपाली कांग्रेसप्रति नेपाली जनताले ठूलो आशा राखेको छ । हाम्रो पहिलोे उद्देश्य सहकार्य, सहमति र एकढिक्का भएर चौधौ महाधिवेशन सफल पार्नु हो । जसले प्रजातान्त्रिक शक्ति र हामी सबैलाई सहयोग गर्छ । सबैजनालाई समेटेर चौधौ महाधिवेशन सफल पार्नुपर्छ भन्ने छ । भोलि अधिवेशनको मुखमा आइसकेपछि कहाँ बस्ने, के गर्ने भन्ने कुरा त्यसबेला नै सहमति र समझदारी गरेर अघि बढ्नुपर्छ । अहिले पदाधिकारी तहमा आइसकेपछि अबको महाधिवेशनमा पुनः पदाधिकारी तहमा तपाईंको दाबी रहन्छ की रहँदैन ? नेपाली कांग्रेसमा अहिले राष्ट्रको आवश्यकता अनुसार फूट हैन जुटबाट एक ढिक्का भइ सहमति र सहकार्य गरेर जानुपर्छ । यसैको लागि म भूमिका खेल्छु । पार्टीमा कार्य गर्छु । को कसरी अघि बढ्ने भन्ने महाधिवेशनको मुखमा मात्रै छिनोफानो हुन्छ । तपाईंले पूर्व पार्टीका सिनियर नेताहरुलाई कांग्रेसमा आउँनका लागि आग्रह गर्नुभएको छ ? मैले अपिल गरेको छु । अपिलकै कारण साथीहरुले रुची देखाएर आइरहनुभएको छ । पहिला प्रवेश गर्दा ३१ जिल्लाका साथीहरु आउनुभएको थियो । अहिले २३ महिनाको अन्तरालमा ४५४६ वटा जिल्ला समाहित भैसक्यो । म कोभिड–१९ को संक्रमणमा परेकाले अरु प्रयास रोकियो । अब पार्टीमा उकुसमुकुस भएर बसेका साथीहरुलाई, नेतृत्व गर्ने मान्छे नभएको अवस्थामा थुप्रै साथीहरुसँग छलफल गरी कार्य अगाडि बढाउछु । तपाईं कांग्रेसमा आउँदै गर्दा या आइसकेपछि, राप्रपाका नेताहरु कमल थापा, पशुपति शमशेर, डा. प्रकाशशचन्द्र लोहनीहरुले तपाईंलाई केही भन्नुभएन ? मलाई ३४ जना ‘मस्ट सिनियर लिडर्स’ बाहेक अरु कसैले सम्पर्क राखेनन् । जसले मलाई फोन गर्नुभयो उहाँहरुले मलाई भित्री मनबाट प्रगति होस् भनी बधाई दिनुभयो ।