क्रान्तिपछि देशको नेतृत्व ओलीको हातमा पुग्नु विडम्बना

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले विस्तृत शान्ति सम्झौताको १४ वर्षसम्म पनि सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी आयोगका काम अहिलेसम्म पूरा नहुनु खेदजनक भएको बताएका छन् । ‘सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न क्रान्तिकारी जनयुद्धको नेतृत्व गर्दै आइरहेको माओवादी र नेपाल सरकार वीच वृहद शान्ति–समझौता भएको (२०६३ मंसीर ५ गते) आज १४ बर्ष पूरा !’ उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फतमा लेखेका छन्,‘सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक !’ पूर्वप्रधानमन्त्री भट्टराईले जनयुद्धविरोधी केपी ओलीको हातमा देशको नेतृत्व पुग्नु विडम्बना भएको भन्दै कटाक्ष गरेका छन् । ‘नेपाली इतिहासलाई ९ रेक्टर स्केलको भूइचालोले झैं हल्लाइदिने त्यत्रो विशाल क्रान्तिपछि देशको नेतृत्व ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु र शान्ति सम्झौतामा भएका आर्थिक सामाजिक रूपान्तरणका काम सम्पन्न हुन नसक्नु विडम्वनापूर्ण !’ उनले भनेका छन्, ‘अब फेरि २०५२ साल यताका जनयुद्ध, जनआन्दोलन, मधेस जनविद्रोहरआन्दोलन, जनजाति आन्दोलन, थरूहटथारूवान आन्दोलन लगायतका क्रान्तिकारी शक्तिहरूको वृहद ध्रुवीकरण गरेर देशलाई अग्रगमन र समृद्धिको दिशामा लैजाने आँट गर्ने हो कि ?’
ताजा अपडेट
-
चुनाव सकिएपछि पहिलोपटक बस्यो सत्ता गठबन्धनको बैठक
-
बलात्कार आरोपी मनोज पाण्डे पक्राउ
-
समृद्ध हेटौँडा बनाउने उपमहानगर प्रमुख लामाको प्रतिबद्धता
-
व्यास नगरपालिकामा अघि लागे कांग्रेसका न्यौपाने, पछि पछि जोशी
-
धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको फराकिलो अग्रता, कसको कति मत ?
प्रतिक्रिया