NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

लालपुर्जा बनाइदिने भन्दै तीन लाख घुस लिने कार्यालय सहयोगी रंगेहात पक्राउ

काठमाडौं । सुकुम्बासीलाई जग्गा पुर्जा बनाइदिने भन्दै घुस लिने दाङको मालपोत कार्यालयका कार्यालय सहयोगी (अस्थायी करार) रंगेहात पक्राउ परेका छन् । शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मिनरा गैरेलाई तीन लाख २० हजार घुससहित रंगेहात पक्राउ गरेको हो । अख्तियारको टोलीले तुलसीपुर उपमहानगरपालिका वडा न ६ मा रहेको मालपोत कार्यालयबाट पक्राउ गरेको हो । सुकुम्बासी जग्गा नापजाँच गरी पुर्जा बनाइदिने भन्दै उनले सेवाग्राहीबाट घुस लिएका हुन् ।