NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

अमेरिकामा पुनः मतगणनामा पनि हारे ट्रम्प

दोस्रो पटकको मतगणनापछि पनि डोनाल्ड ट्रप्मले जर्जिया राज्यमा चुनाव हारेका छन् । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेन नै जर्जियाको विजेता घोषित भएका हुन् । जर्जिया राज्यबाट विजय प्राप्त गर्ने उनी बिल क्लिन्टन पछिका पहिलो डेमोक्रेट हुन् । पछिल्लो मतगणनामा बाइडेनले ट्रम्पलाई १२ हजार २ सय ८४ भोटले उछिनेका छन् । जर्जियामा १६ इलेक्टाेरल भाेट छ । हप्तादिन लागेको पुनः मतगणनामा चारवटा काउन्टीका अधिकारीले चुनावको दिनमा गणना नगरिएका भोट गणना गरेका थिए । जम्माजम्मी ५ हजार ८ सय भन्दा बढी नगनिएका मत पत्ता लागेका थिए । यतिमा मतमा ट्रम्पले १४ सय हाराहारी मत पाए । जर्जिया राज्यका सचिवालय सदस्य ब्राड राफेन्स्पर्गरले अघिल्लो मतगणनामाा केही मानवीय क्रुटी भएको तर त्यहाँ कुनै पनि धाँधलीको प्रमाण नभएको बताएका छन् । ‘जर्जियाको ऐतिहासिक पहिलो राज्यव्यापी लेखा परीक्षणले राज्यको नयाँ सुरक्षित कागज मतपत्र प्रणालीबाट सही गणना गरी परिणाम रिपोर्ट गरिएको पुष्टि गर्‌याे,’ ब्राडले थपे, ‘यो हाम्रो काउन्टी र स्थानीय निर्वाचन अधिकारीहरूको कडा परिश्रमको श्रेय हो जसले यस कामलाई छिटो सम्पन्न गर्न र छोटो अवधिमा पूरा गरिदिए ।’ एसोसिएटेड प्रेसलाई ईमेलमा बाइडेनका चुनावी अभियानका प्रवक्ता जैकलिन रोथेनबर्गले भनेका छन्, ‘पुनः मतगणना प्रक्रियाले हामीले पहिले नै थाहा पाएका कुराको पुष्टि गर्न मद्दत गर्‌याे । जर्जियाका मतदाताहरूले जो बाइडेनलाई राष्ट्रपतिको लागि चुने । हामी निर्वाचन अधिकारीहरू, स्वयंसेवक र ओभरटाइम काम गरेर सघाउनेहरू र अभूतपूर्व परिस्थितिमा पनि यो मतगणनामा सहयोग पु¥याउने सबैप्रति कृतज्ञ छौं ।’ डोनाल्ड ट्रप्पले अहिलेसम्म पनि हार स्वीकार गरिसकेका छैनन् र जर्जियाको मतगणनामा धाँधली भएको र चुनावी परिणामा जंगली र निराधार आरोप लगाउन छोडेका छैनन् । नतिजा निश्चय हुनु अघि बिहीबारसम्म पनि पनि उनले सोही व्यवहार दोहो¥याएका थिए ।