NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

नक्कली पिसिआर रिपोर्टमाथि स्वास्थ्य मन्त्रालयको छानविन

काठमाडौं । पिसिआर परीक्षणको नतिजाको गडबडीबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानविन गर्ने भएको छ । मन्त्रालयले छानविन टोली नै गठन गरेर छानविन अघि बढाएको हो । मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक डा. मुकुन्दा शर्माको संयोजकत्वमा गठित समितिले प्रयोगशालाहरूको छानबीन सुरु गरेको छ । समितिले ह्याम्स अस्पताल, स्टार अस्पताल, सेन्ट्रल डायगोनोष्टिक ल्याब, सुर्या डायगोष्टिक लगायतका प्रयोगशालाहरूले गरेको पिसिआर रिपोर्टको छानबीन सुरु गरेको हो । समितिले छानविनको प्रतिवेदन मन्त्रालयलाई बुझाउनेछ । दुवई (युएइ) र हङकङ लगायतका देशमा उडान भरेको नेपाल एयरलाइन्सलाई नक्कली रिपोर्ट बनाएर यात्रु बोकेको आरोप लागेपछि उडान भर्नमा प्रतिवन्ध लागेको थियो । नेपाल नागरिक उड्यान प्राधिकरणले नेपालका केही निजी प्रयोगशालाबाट आएका पिसिआर परीक्षणको नतिजाका कारण प्रतिबन्ध लागेको निष्कर्ष निकालेपछि पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई सो विषयमा छानबिन गरिदिन अनुरोध गरेको थियो । पर्यटन मन्त्रालयको अनुरोधमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणको नतिजामा देखिएको गडबडीबारे जाँचबुझ गर्न बिहिवार बिहीवार छानविन समिति गठन गरेको थियो ।प्रयोगशालाकी निमित्त निर्देशक गौतमको संयोजकत्वमा गठित छानविन समितिमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. अमृत पोखरेल र मन्त्रालयका प्रयोगशाला विज्ञ वलराम गौतम सदस्य छन् । समितिलाई २४ घण्टा भित्रमा छानविन प्रतिवेदन पेस गर्न मन्त्रालयले निर्देशन दिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष