NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

प्रचण्डले ओली गुटका नेतासँग भने–पार्टीको डोरी चुढिएको छैन र चुढिन दिइने छैन

काठमाडाैं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली गुटका नेताहरुलाई पार्टी केन्द्रीय कार्यालयमा छुट्टाछुट्टै बोलाएर भेटवार्ता गरेका छन् । उनले आज महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुवास नेम्बाङसँग छुट्टाछुट्टै बोलाएर उनीहरुको धारणा सुनेका हुन् । भेटपछि नेपालवाचसँग नेम्बाङले पार्टीभित्रको देखिएका समस्यका बारेमा कुराकानी गर्न बोलाएको बताए । उनले आफूले अध्यक्ष प्रचण्डलाई यसअघिको स्थायी कमिटीको बैठकबाट भएका निर्णयहरु कार्यान्वयन गरेर जानुपर्ने भन्दै सुझाव दिएको बताए । ‘उहाँले अहिलेको सन्दर्भमा कुराकानी गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाउनु भएको थियो । म गएको थिए । मैले अध्यक्ष प्रचण्डलाई यसअघि स्थायी समितिको बैठकले गरेका निर्णय कार्यान्वय गर्नु पर्छ र पार्टीलाई एकतावद्ध राखेर अगाडि बढ्नुपर्छ’ उनले भने, ‘त्यसबाहेक अर्को विकल्प छैन । हामीले के सहयोग गर्नुपर्छ अध्यक्षज्यूलाई सहयोग गरिहाल्छौँ त्यसमा लाग्नुपर्‌याे भने ।’ गत स्थायी समितिको निर्ण दुवै अध्यक्षको प्रयासबाट भएकाले कार्यान्वयन गरेर अगाडि बढ्न सुझाव दिएको बताए । यसरी अगाडि बढे मात्रै देश र जनताको हितमा हुने पनि उनेले भनेका थिए । यता प्रचण्डले भने नेम्बाङलाई स्थिति गम्भिर भए पनि ढोरी चुढिन नदिने बचन दिएको बताए । प्रचण्डको भनाइ उदृत गर्दै नेम्बाङले भने,‘अहिले स्थिति गम्भिर भएको छ । डोरी चुढिहालेको अवस्था होइन र डोरी चुढिन दिइने पनि छैन । पार्टी एकतालाई टुंगोमा पु-याउन लाग्ने नै छु भन्ने कुरा राख्नुभएको थियो ।’