NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ८ गते

एक दिन घुम्नको लागि गज्जवको गन्तव्य कुलेखानी (इन्द्रसरोवर) [फोटोफिचर]

कुलेखानी (इन्द्रसरोवर) मकवानपुर जिल्लामा पर्ने काठमाडौंबाट नजिककाे गन्तव्य हाे । याे कृत्रिम जलायश हो । नदी र खोलामा पानी सुक्दै जाँदा जलाशयमा जमेको पानीबाट जलविद्युत आयोजना पनि चलेका छन् । जुन हिउँदमा विद्युत उत्पादनका लागि निक्कै महत्वपूर्ण मानिन्छ । यसै कुलेखानी जलाशय पछिल्ला केही वर्षयता आन्तरिक पर्यटनको केन्द्र पनि बनेको छ । जलाशयमा बोटिङ गर्न पाइन्छ । इच्छुकले आसपासका रेष्टुरेन्टमा यही पालिएका माछाको स्वाद लिन सक्छन् । काठमाडौंबाट एकैदिनमा पुगेर घुमेर फर्किन सक्ने भएकोले पनि यहाँ आन्तरिक पर्यटक बाक्लै संख्यामा उपस्थित हुन थालेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष