NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नेकपामा शक्ति संघर्ष चुलिंदा चिनियाँ रक्षामन्त्री नेपाल आउँदै

काठमाडौं । भारतको गुप्तचर संस्था रअका प्रमुख नेपाल आएर गएको केही समयलगत्तै चिनियाँ रक्षामन्त्री नेपाल आउने भएका छन् । आगामी मंसिरको दोस्रो हप्ता रक्षामन्त्री वेई फेङ्हे एक दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । एक दिने भ्रमणका बेला रक्षामन्त्री वेईले राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु र दलका शीर्ष नेतालाई छुट्टाछुट्टै भेट गर्ने बुझिएको छ । छुट्टाछुट्टै भेटघाटपछि वेईले नेकपाका शीर्ष नेताहरुसँग सामूहिक भेटघाट गर्ने स्रोतको भनाई छ । नेकपामा आन्तरिक संघर्ष उत्कर्षमा पुग्दा नेपालस्थिति चिनियाँ राजदुतले पनि नेताहरुलाई पालैपालो भेटेकी थिइन् । यहीबेला रक्षामन्त्रीको पनि भ्रमण हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेपाल भ्रमणका क्रममा आपसी सुरक्षा समन्वयसहितका विषयमा छलफल हुने बुझिएको छ । नेपाल–चीन सम्बन्धको ६५ औं वर्षको अवसर पारेर रक्षामन्त्री नेपाल आउन लागेका हुन् ।