NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

आज दिनभरका ‘गुड न्युज’: सिक्का हालेर ‘प्याड’ लिन पाइने …

काठमाडौ । आज दिनभर सञ्चारमाध्यमबाट विभिन्न खालका समाचारहरू संप्रेषित भए । त्यसमध्ये अधिकांश समाचारले नकारात्मक सन्देश बोकेका थिए । नकारात्मक समाचारको बाहुल्यताकाबीच केही सकारात्मक सन्देशहरू पनि संप्रेषित भएका छन् । सकारात्मक समाचारले पाठकहरूमा उर्जा थप्छ, सन्तुष्टि दिन्छ । नेपालवाचले शनिबार दिनभर प्रकाशित यस्तै सकारात्मक समाचारहरूको संक्षिप्त सूची तयार गरेको छ । ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । पार्टीमा कुनै पनि हालतमा विभाजन आउँदैन्नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू गुटको विपक्षमा भएको र पार्टी कुनै पनि हालतमा विभाजन नहुने दावी गरेका छन् । नेकपा भित्रको विवाद फुट उन्मुख भइरहेका बेला उपाध्यक्ष गौतमले यस्तो दावी गरेका हुन् ।गौतमले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न आफूले निरन्तर पहल गरिरहेको पनि बताए । काठमाडौं महानगरपालिकामा आइतबारदेखि कोरोनाको निःशुल्क पीसीआर परीक्षण हुनेकाठमाडौ महानगरपालिकाले आइतबार देखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ ।नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्न स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गर्न लागिएको महानगरपालिकाकाले जनाएको छ । शनिबार मेयर विद्धा सुन्दर शाक्यले आइतबारबाट पुनः स्वाब संकलन गर्न लागिएको बताएका हुन् ।यस्तै महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने भएको छ । मुक्तिनाथ विकास बैंकलाई एक लाख युरोको युरोपियन माइक्रोफाइनान्स अवार्डलक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ ।बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यलाई प्रदान गरी रहेको नविनतम र ग्राहकमैत्री समावेशी बचत सेवाको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनौट समितिले अध्ययन तथा अनुसन्धान गरी सो पुरस्कार प्रदान गरेको हो । सो पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले नगद एक लाख युरो प्राप्त गरेको बैंकका प्रमुख सूचना अधिकारी तीलबहादुर गुरुङले जानकारी दिए । लकडाउनलाई अवसरमा बदल्ने पौरखी युवा२०७६ चैत ११ गते देखि लकडाउन सुरु भयो । यही सङ्कटमा हेटौडा–६ शान्तिटोलका भरत सापकोटा लाखौँ ऋणमा रहेको आफ्नो नीजि विद्यालय बन्द भयो । उनलाई बैंकको व्याज तिर्न समेत समस्या थियो।लकडाउनको समयमा उनले व्यवसायिक एकीकृत कृषि फार्म सुरु गरे । लकडाउन कै बीचमा कुखुरा, माछा र तरकारी खेती सुरु गरेका सापकोटाले अहिले प्रशस्त आम्दानी लिन थालेका छन् ।यस्तै लकडाउन अघि हार्डवेयर र कस्मेटिक पसल सञ्चालन गरिरहेका हेटौंडा–६ चुच्चेखोलाका प्रमेश पराजुली र कल्पना पराजुलीको परिवारले पनि लकडाउन कै बीचमा व्यवसायिक तरकारी खेती शुरु गरे । बेमौसमी तरकारी खेती शुरु गरेका उनीहरुको परिवारले पहिलो उत्पादनमै ३ लाख रुपैयाँ बढी नाफा कमाएका छन् । स्वयम्भूमा आधुनिक शौचालय : सिक्का हालेर ‘प्याड’ लिन पाइनेस्वयम्भू बुद्ध पार्क क्षेत्रमा स्वचालित नमूना सार्वजनिक शौचालय बनेको छ । सो शौचालयमा महिनावारी प्याड मेसिनमा सिक्का राखेर लिन सकिन्छ । शौचालय भवनबाट आकाशे पानी संकलन गर्न १२ हजार लिटरको पानी संकलन ट्यांकी राखिएको छ । शौचालय महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक सबैका लागि प्रयोग मैत्री छ । गुडनाइट … नेपालवाच