NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कोरोनाबाट वरिष्ठ चिकित्सकको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट वरिष्ठ चिकित्सक डा. ध्रुव मुडवरीको निधन भएको छ । काेरोना पोजेटिभ देखिएका मुडवरी होम आइसोलेसनमा बसेका थिए । तर अवस्था गाह्रो भएपछि उनलाई चावहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको थियो । तर, उपचारकै क्रममा ७७ वर्षीय शल्यक्रिया विशेषज्ञ डाक्टरको निधन भएको हो । उनी ओम अस्पतालका संस्थापकसमेत हुन् । मुडवरीका श्रीमती, दुई छोरी र एक छोरा छन् ।