नेकपाबाटै पाण्डेविरुद्धको दुर्व्यवारकाे छानविन गर्न माग

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुरेन्द्रप्रसाद पाण्डे उपस्थित कार्यक्रममा होहल्ला भएको घटनाको छानबिन गर्न माग गरिएको छ । पार्टी अध्यक्ष यमबहादुर परियार र सचिव कृष्णभक्त पोखरेलले हस्ताक्षर गरेको विज्ञप्तिमा राप्ती नगर कमिटीको तेस्रो बैठकमा पाण्डेले सम्बोधन गरिरहेका अवस्थामा कमिटीमा नै नरहेका बाहिरबाट आएका व्यक्तिले होहल्ला गरी बैठक बिथोल्न खोजेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, “पार्टी नगर कमिटीको औपचारिक बैठक बसिरहेको अवस्थामा र राप्ती नगरभित्रको विकास निर्माणसम्बन्धी छलफलमा गरिएको अभद्र व्यवहारप्रति जिल्ला कमिटी खेद व्यक्त गर्दछ ।”
ताजा अपडेट
-
नाटकीय जित निकाल्दै म्यानचेस्टर सिटी बन्यो प्रिमियर लिग च्याम्पियन
-
उपाधिका लागि निर्णायक खेल जारी : पहिलो हाफ लिभरपुल बराबरीमा, सिटी एक गोलले पछि
-
इन्धनमा भारी मूल्यवृद्धि, पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यास सबैमा बढ्यो
-
कनेक्ट आइपिएसमार्फत बीमाको प्रिमियम भुक्तानी, कति सुरक्षित ?
-
ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु
प्रतिक्रिया