NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

बालुवाटार जग्गा प्रकरण : माधव नेपालविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदै

काठमाडाैं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन प्रमुख भूमिका भएका तत्कालीन प्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रतिवादी नबनाएको भन्दै दायर रिटको सर्वोच्च अदालतमा आज सुनुवाइ हुँदैछ । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस उपसभापति विजयकुमार गच्छदारसहित तीन पूर्वमन्त्री र अख्तियारकै पूर्वप्रमुख आयुक्तसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । २२ माघ ०७६ मा दायर गरिएको सो मुद्दामा नेपाललाई प्रतिवादी नबनाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटको सुनुवाइ भने सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्माको संयुक्त इजलासमा रहने गरी पेसी तोकिएको छ ।