NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

घट्दै आएको सुनको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला तीन सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार पहेँलो धातु प्रतितोला रु ९४ हजारमा कारोवार भएकामा आज रु ९४ हजार ३०० पुगेको छ ।यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला रु ९३ हजार ५०० मा कारोवार भएकामा आज रु ९३ हजार ८०० मा कारोवार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला रु एक हजार २१० मा कारोवार भएको छ । केही दिनयता सुनको मूल्य बढ्ने भन्दा घट्दै आएको थियो ।