NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सत्ता सत्ताझेदारीबारे कांग्रेससँग छलफल हुँदैन : महासचिव

नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग सत्ता साझेदारीको प्रस्ताव गरेको खबरको खण्डन गरेका छन् । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच देखिएको असमझदारीलाई देखाएर बाहिरी तत्वले खेल्नका लागि झुटा प्रचार गरेको महासचिव पौडेलको भनाइ छ । ‘पार्टी एकतालाई सुदृढ गरेर लैजान प्रयास भइरहेका बेला यस्तो प्रस्ताव सोच्न पनि नसक्ने विषय हो, उनले भने, प्रधानमन्त्रीले प्रमुख विपक्षी दलका नेतालाई भेट्ने वित्तिकै सत्तासाझेदारीको प्रस्ताव गर्छ भन्नु अर्थहिन कुरा हो ।’ प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेतावीच भेट भएको स्वीकार गर्दै उनले अन्य विषयमा छलफल भएको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच शनिबार दिउँसो करिब डेढ घण्टा छलफल भएको थियो । यस्तै प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले पनि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवावीच सत्तासाझेदारीका लागि छलफल नभएको बताएका छन् । उनले संबैधानिक निकायमा नियुक्ती, विश्वविद्यालयमा भएका नियुक्तीका विषयमा छलफल भएको बताए । ‘संबैधानिक निकायमा नियुक्ती गर्नुपर्ने छ, विश्वविद्यालयमा भएका नियुक्तीका विषयमा उहाँहरुको असन्तुष्टि रहेछ, प्रधानमन्त्रीका एक सचिवालयले भने, ती विषयमा केन्द्रीत भएर छलफल भएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष