NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

आजका ‘गुड न्युज’ : बलात्कारसम्बन्धी अध्यादेश ल्याइँदै, कसुरदार कसैलाई पनि कैद मिनाहा नहुने

काठमाडाैं । कुनै पनि देश वा समाजमा नकारात्मकमात्र होइन सकारात्मक घटनाहरू पनि भइरहेका हुन्छन् । सञ्चारमाध्यमको काम नकारात्मक समाचारलाईमात्र प्रशय दिने होइन । समाजमा भइरहेका सकारात्मक समाचारलाई पनि स्थान दिनुपर्छ । नकारात्मक समाचारले पाठकमा नकारात्मक र केही पनि हुँदैन भन्ने निरासावादी मानसिकता जन्माउँछ भने सकारात्मक समाचारहरूले पाठकमा पनि उर्जा थप्ने काम गर्छ । सकारात्मक विचार र मानसिकताले सकारात्मक काम र गतिविधि गर्न प्रोत्साहन गर्छ । तसर्थ सकारात्मक सन्देशहरूलाई पनि सञ्चारमाध्यमले उत्तिकै स्थान दिनु जरुरी छ । आज दिनभर सञ्चारमाध्यमबाट प्रकाशित भएका सकारात्मक समाचारको सूची नेपालवाचले तयार गरेको छ । सरकारले बलात्कारसम्बन्धी अध्यादेश ल्याउने, कसुरदार कसैलाई पनि कैद मिनाहा नहुने सरकारले बलात्कारसम्वन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । ज बसेको मन्त्रिपरिषद् बैठकबाट जारी अध्यादेशमा अबदेखि कसुरदार देखिएका ज्येष्ठ नागरिकको पनि कैद मिनाहा हुने छैन । सरकारले जबरजस्ती करणीका घटनालाई मिलापत्र गराएको पाइए उनीहरुलाई पनि कैद सजाय हुने व्यवस्था अध्यादेशमा गरिएको छ । अबदेखि मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार जरिवाना वा दुवै सजाय हुने छ । कानुन मन्त्रालयका अनुसार अध्यादेशमा १० वर्ष मुनी र ७० वर्षमाथिका व्यक्तिलाई बलात्कार भएमा जन्मकैद हुने व्यवस्थालाई भने यथावत नै राखिएको छ । कानुन मन्त्रालयले तयार पारेको यस अध्यादेश मन्त्रिपरिषद्बाट स्वीकृत भइ प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको छ । कोरोनाको खोप तयार हुनेबित्तिकै नेपालमा ल्याउने तयारी विश्वमा विकास हुँदै गरेका कोरोना विरुद्धका खोप तयार हुनेबित्तिकै नेपाल ल्याउने गरी सरकारले तयारी अघि बढाएको छ । विश्वबजारमा उपलब्ध हुनेबित्तिकै खोप ल्याउन सरकारले कानुनी बाटोसमेत खुल्ला गरेको छ । रोना भाइरसविरुद्ध प्रयोग हुने खोप नेपालमा ल्याउन र प्रयोग गर्न सहज बनाउन खोपसम्बन्धी प्रस्ताव तथा कार्ययोजना गत २४ गते बसेको मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । उक्त कार्ययोजना अनुसार कोरोना भाइरसविरुद्धको खोप ल्याउन ७२ अर्ब ३६ करोड बजेट आवश्यक पर्छ । नेपालमा प्रति डोज खोपको १२ सय रुपैयाँ पर्ने बताइएको छ । कोरोनाकाे निःशुल्क परीक्षण गर्न काठमाडौं महानगरले थाल्यो मोबाइल भ्यानबाट स्वाब संकलन कोरोना भाइरस कोभिड—१९ को निःशुल्क पीसीआर परीक्षणका लागि काठमाडौं महानगरपालिकाले स्वाब संकलन सुरु गरेको छ । महानगरले अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत स्वाव संकलन सुरु गरेको हो । अब चाहेर पनि स्वाव संकलन केन्द्रमा जान नसक्ने अशक्त, जेष्ठ नागरिकहरूको मोबाइल भ्यानमार्फत स्वाब संलकन हुनेछ । सहुलियतपूर्ण कर्जाका लागि आवेदन खुल्ने सरकारले कोरोना प्रभावित क्षेत्रको उत्थानका लागि ल्याएको ५० अर्बको कोषबाट कर्जा दिने कार्य सुरु गर्ने भएको छ । यसका लागि यही मंसिर १० बाट आवेदनका लागि सूचना प्रकाशन गर्ने निर्णय भएको छ । सरकारले अति प्रभावित क्षेत्रलाई अधिकतम १० करोडसम्म सहुलियतपूर्ण कर्जा दिनेगरी कार्यविधि बनाएको छ । सेयर बजारमा झन्डै सात अर्बको कारोबार आइबार सेयर बजारमा अहिलेसम्मकै धेरै कारोबार भएको छ । नयाँ रेकर्ड कायम राख्दै आज झन्डै सात अर्बको कारोबार भएको हो । नेप्से परिसूचक आइतबार ४.६९ अंकले बढेर १७८२.८१ बिन्दुमा पुगेको छ । त्यस्तैगरी नेप्से सूचकले १८ सय बिन्दु छोएको छ ।