बीमा दावी गर्ने बढेपछि संक्रमितको रुजु गरिँदै

काठमाडौं । बीमा दावी गर्नेको संख्या बढेपछि स्वास्थ्य सेवा विभागले कोरोना संक्रमितको संख्या रुजु गर्न थालेको छ । विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले यसका लागि समिति नै गठन गरेको छ । महाशाखाले वरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीको संयोजकत्वमा महाशाखाले पाँच सदस्यीय समिति गठन गरी रुजु गर्न सुरु गरेको हो । बीमा समितिसँग समन्वय गरेर इडिसिडीले रुजु गरिरहेको अधिकारीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म पाँच सय ३० जना कोभिड–१९ सङ्क्रमित व्यक्तिको बीमाका लागि रुजु भइसकेको छ । रुजु गर्ने क्रममा १५ प्रतिशतको विवरण नमिलेको जनाइएको छ । समितिले इडिसिडीमा प्राप्त विवरण र प्रयोगशालाले पठाएको विवरणबीच रुजु गरिरहेको छ । ‘सङ्क्रमित हो वा होइन भनेर दुवैबाट प्राप्त विवरणलाई रुजु गर्ने गर्दछौँ’, समितिका संयोजक अधिकारीले भने, ‘दुवैमा मिलेपछि मात्र हामीले बीमाका लागि सिफारिस गर्छौं ।’समितिले रुजु गरिसकेपछि मात्र बीमाबापतको रकम पाउनेछन् । समितिले नाम, उमेर र ठेगाना रुजु गर्छ । गत २८ भदौ अघि बीमा गरेका कोरोना सङ्क्रमितले ५० हजार र एक लाख तथा भदौ २९ गतेपछि बीमा गरेकाले २५ हजार र ७५ हजार रुपैयाँ पाउँछन् । बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले गलत रिपोर्ट लिएर बीमा दाबी गर्न थालेपछि रुजु गर्न थालिएको बताए । उनका अनुसार अहिलेसम्म करिब २५ हजार बीमा दाबी गरेका छन् । अहिलेसम्म नेपालमा दुई लाख २० हजार ३०८ जना सङ्क्रमित भएका छन् । यस्तै एक लाख ९९ हजार २४ जना निको भएका छन् भने एक हजार ३२१ ज्नाको सङ्क्रमणबाट निधन भइसकेको छ ।
ताजा अपडेट
-
के छ माधव नेपालको प्रतिवेदनमा ?
-
जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि…
-
रविको दलमा धादिङबाट मात्रै चार केन्द्रीय सदस्य, तीन डाक्टर
-
यस्ता छन् रवि लामिछानेको स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य
-
ताइवानको वायुरक्षा क्षेत्रमा चीनले पठायो २९ लडाकु विमान
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया