१९८० कोरोना संक्रमित थपिए, १६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार नौ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण निको हुनेको संख्या तीन हजार ४३ रहेको छ भने कोरोना संक्रमणका कराण थप १६ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा दश हजार तीन सय ८१ जनाको पिसिआर परिक्षण गराएकोमा एक हजार नौ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख २२ हजार ८८ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार आठ सय ८४ रहेको छ । कोरोना संक्रमण भई निको हुनेको कुल संख्या दुई लाख २० हजार ६७ रहेको छ । कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार तीन सय ३७ पुगेको छ । कोरोनाको गम्भीर संक्रमणका कारण भेन्टिलेटरमा उपचारारत हुनेको संख्या प्रदेश १ मा ११, प्रदेश २ मा १, बागमति प्रदेशमा ३४, गण्डकी प्रदेशमा १४, लुम्बिनी प्रदेशमा ३ गरी जम्मा ६३ जना रहेका छन् । आईसीयुमा उपचारत हुनेको संख्या तीन सय ६५ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडांै उपत्यकामा थप एक हजार सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा पाँच सय ५३ पुरुष तथा चार सय ५४ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
नाटकीय जित निकाल्दै म्यानचेस्टर सिटी बन्यो प्रिमियर लिग च्याम्पियन
-
उपाधिका लागि निर्णायक खेल जारी : पहिलो हाफ लिभरपुल बराबरीमा, सिटी एक गोलले पछि
-
इन्धनमा भारी मूल्यवृद्धि, पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यास सबैमा बढ्यो
-
कनेक्ट आइपिएसमार्फत बीमाको प्रिमियम भुक्तानी, कति सुरक्षित ?
-
ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु
प्रतिक्रिया