NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

बीबीसीको सय प्रभावशाली महिलामा नेपाली चेली

काठमाडौं । बीबीसी(ब्रिटिश ब्रोडकाइस्टिङ कर्पोरेसन)ले मंगलबार यस वर्षका सय प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । सो सूचीमा १८ वर्षिया नेपाली चेली सपना रोका मगर पनि पर्न सफल भएकी छन् । म्याग्दीकी सपनाले बेवारिशे शवको व्यवस्थापन गर्दै आएकी छिन् । तीन महिनासम्म घरबारविहिन भएपछि उनी विनज जंग बस्नेतको संस्था वेवारिशे व्यवस्थापन तथा पुर्र्नजीवन केन्द्रको सम्पर्कमा आएकी थिइन् । उक्त संस्थाले सडकमा वेवारिशे छोडिएका शव व्यवस्थापन गर्दै आएको छ । करिब ३५ दिनसम्म पनि कसैले जिम्मा नलिएमा उक्त संस्थाका अध्यक्ष विनय जंग बस्नेत आफैंले दागबत्ती दिँदै आएका थिए । पछिल्लो समय मगर पनि उक्त संस्थामा अनवरत रूपमा लाग्दै आएकी थिइन् । बीबीसीले हरेक वर्ष समाज परिवर्तका लागि संघर्ष गरेका प्रभावशाली महिलाको सूचि निकाल्दै आएको छ । यस वर्ष उक्त सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह अक्स्फर्ड विश्वविद्यालयले बनाउँदै गरेको कोभिड १९ विरुद्धको खोपको नेतृत्व गरिरहेकी सारा गिल्बर्ट, बर्माकी महिलावादी नन्दु ज्ञवालीलगायत छन् ।