NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नेकपाको कलहले जनताको आवाज थुनिएकोमा आपत्ति

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा. डिला संग्रौलाले सत्तारुढ दल नेकपाकै आन्तरिक कलहले जनताको आवाज थुनिएको आरोप लगाएकी छिन् । वर्षे अधिवेशन दुई महिना नहुँदै अन्त्य गरेर सरकारले स्वेच्छाचारिता प्रकट गरेको आरोप उनले लगाइन् । ‘नेकपा पार्टी र सरकारको आपसी अन्तरकलह ,किचलो र वैमनस्यताले गत बैशाख २६ गते प्रारम्भ भएको संसदको वर्षे अधिवेशन २ महिना नपुग्दै हठातरुपले १८ असारमा जनप्रतिनिधिमूलक सर्वोच्च संस्था संसदको अन्त्यगरी सरकार स्वच्छचारी रुपले अघि बढ्यो’ संग्रौलाले भनिन्, ‘जनताप्रति जवाफदेही नभई लोकतान्त्रिक प्रक्रियालाई कुल्चिइ निरंकुशताको बाटोमा अग्रसर हुनु आपत्तिजनक छ ।’ कोरोना भाइरसको महामारीले शृजित समस्या र कुशासनद्वारा आक्रान्त आम नागरिकको आवाजलाई जनप्रतिनिधिहरुले संसदमा बुलन्द गर्ने बाटो बन्द भएको उनको भनाई छ । नागरिकतादेखि कर्मचारीसम्मका थुप्रै महत्वपूर्ण विधेयकलाई थाती राख्न बाध्य पारिएको भन्दै संग्रौलाले भनेकी छिन्, ‘संसदलाई छल्दै भटाभट अद्यादेश ल्याउने कार्यले संविधानको मर्ममा आघात पुर्याइएको हुँदा अबिलम्ब संसद अधिबेशन आह्वान गरी जनताको आवाजलाई मुखरित गरियोस् ।निरंकुशताको शैलीले हैन की संविधान र लोकतान्त्रिक पद्धतिको मान्यतामा दृढ भै संसदबाट कुनैपनि समस्याको हल खोजियोस।संसद अधिवेशन बोलाउन आनाकानी नगरियोस् ।