किसानका उत्पादन गाड्ने, भारतबाट ट्रकका ट्रक ल्याउने : कृषिमन्त्री नै दलाल पुँजीवादको संरक्षक [भिडियो अन्तर्वार्ता]

https://www.youtube.com/watch?v=BXk6TLONWE0 कोरोना महामारीका कारण संसारभरको अर्थतन्त्र ओरालो लागेको छ । लामो समयदेखिको लकडाउन तथा जनजीवन र आर्थिक गतिविधिमा कोरोना संक्रमणले पारेको प्रभावका कारण संसारभरको अर्थतन्त्र प्रभावित छ । त्यसमा नेपालजस्तो कमजोर अर्थव्यवस्था भएका मुलुकमा यसको प्रभाव थप नकारात्मक छ । कोरोनाको बृहत्तर आर्थिक असर त छँदैछ । यसले उद्यमी, किसान, मजदुर र न्यून आय भएकालाई झनै ठूलो मारमा पारेको छ । नेपालजस्तो भरखर आत्मनिर्भरताको बाटोमा बामे सरेको मुलुकमा उत्पादनशील क्षेत्रमा भएका लगानी र उत्पादनहरूले संकटको समयमा संरक्षण नपाउँदा धरासायी हुने अवस्थामा पुगेका छन् ।पछिल्लो समय कोरोना महामारीले निम्त्याएको विपत्ले राष्ट्रिय उत्पादन बढाउने अवसर सृजना गरेको थियो । तर, यो अवसर पनि सरकारको अदूरदर्शी र अपरिपक्व व्यवहारका कारण अलपत्र परेको व्यवसायीहरू बताउँछन् । कोरोना महामारीका कारण कृषि क्षेत्रमा परेको प्रभावका सम्बन्धमा कृषि उद्यमी शशि पौडेलसँग नेपालवाचले कुराकानी गरेको छ । पौडेल विगत एक दशकदेखि कृषि उद्यममा सक्रिय छन् । उनले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ मा लुम्बिनी एग्रो प्रोडक्ट गाइफार्म सञ्चालन गर्दै आएका छन् । उक्त गाई फार्म नेपालकै सबैभन्दा ठूलो व्यवसायीक गाईफार्म भएको उनको दावी छ ।
ताजा अपडेट
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
-
नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड
-
रविको पद प्राप्ति र समाप्तिमा दोषी को ?
-
चर्चित युवा ज्योतिषी दिवाकर पन्तको दोस्रो पुस्तक ‘दिव्य वास्तु विज्ञान’ बजारमा
प्रतिक्रिया