NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष भन्छन् : प्रधानमन्त्रीलाई भ्रष्टाचारी भनेको रिर्पोटमा मेरो सहमति छैन

ट्रान्सपरेन्सी इन्टरनेशनलले केहीदिन अघि सार्वजनिक गरेको ‘ग्लोबल करप्सन ब्यारोमिटर एशिया’ मा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारको संरक्षक भनिएको छ । र त्यो रिर्पोट ट्रान्सपरेन्सी इन्टरनेशन नेपालमार्फत सार्वजनिक भएको छ । निश्चित उत्तरदातालाई सहभागी गराइएको एउटा रिर्पोटका आधारमा देशको कार्यकारी प्रधानमन्त्रीलाई भ्रष्टचारी ठहर गरेको सन्दर्भमा बहश भइरहेको छ । हामीले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीसँग नेपालको प्रधानमन्त्रीलाई भ्रष्टचारी भनेको रिर्पोटमा सहमत हुनुहुन्छ भनेर प्रश्न गरेका छौँ । तपाईं नेपाल सरकारको सचिवबाट अवकास पाउनु भएको नेपाली नागरिक । कुनै एउटा आईएनजिओले नेपालको कार्यकारी प्रमुख भ्रष्ट छ भनेर प्रतिवेदनमा किटान गर्न पाउँछ कि पाउँदैन ?त्यो बारेमा मलाई थाहा भएन । नेपालको ट्रान्परेन्सी इन्टरनेशनलको सुचनाका आधारमा प्रधानमन्त्रीलाई भ्रष्टचारी ठहर गरिएको होइन । एउटा स्वतन्त्र निकायमार्फत अध्ययन गर्दा यहाँका ५८ प्रतिशत नागरिकले भष्टाचार बढ्यो भनेका छन् भने त यो कहालीलाग्दो अवस्था हो । यो अनुसन्धानमा तपाईं आवद्ध संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टर संलग्न थिएन ? थिएन । उनीहरूले स्वतन्त्र रुपमा गरेका हुन् । तपाईंको संस्था यो अध्ययनमा सहभागी नै थिएन भने त्यसको रिर्पोट चाँहिं कसरी तपाईको संस्था मार्फत सार्वजनिक भयो ? हामी ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टर हौँ । त्यसकारण हामीमार्फत रिर्पोट सार्वजनिक भएको हो । विस्वभरी हामी जस्ता एक सय च्याप्टर रहेका छन् । उसले आफ्ना रिर्पोट, भ्रष्टाचार विरुद्ध भएका अध्ययन, अनुसन्धान तथा खोजहरु हामी मार्फत सार्वजनिक गर्छ । यस्तै कामहरू गर्न लगाउँछ । तपाईं ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टर अध्यक्ष हुनुहुन्छ । हरेक अनुसन्धानमा तपाईहरूसँग समन्वय हुन्छ । यही एउटा अध्ययनमा चाँहि किन तपाईहरूलाई थाहा नै नदिइ अध्ययन सक्यो ? यो रिर्पोट आउँदैछ भनेर मैले एक हप्ताअघि मात्र थाहा पाएको हुँ । जबकी म नेपाल च्याप्टरको अध्यक्ष हुँ । मलाई नै कुनै जानकारी थिएन । उनीहरूले तपाईलाई थाहा समेत नदिन किन आवश्यक ठानेँ ? सायद म पूर्वाग्रही हुन सक्छु भन्ने उनीहरूको अनुमान हुनसक्छ । त्यसकारण उनीहरूले स्वतन्त्र कुनै संस्थासँग सम्वन्ध राखेर काम गरेका हुनसक्छन् । उनीहरूले अन्य अध्ययनहरूमा पनि यस्तो प्रयोग गर्ने गरेका छन् । वास्तममा यो अध्ययनमा हाम्रो कुनै संलग्नता छैन । तपाईहरू नेपाल च्याप्टर हो । उनीहरूले गरेको अध्ययनले नेपालका कार्यकारी प्रमुख दक्षिण एशियाको भ्रष्ट नेतृत्व हो भनेर रिर्पोट बनायो । तपाईं यो अध्ययनमा सहमत हुनुहुन्छ कि हुनुहुन्न ? वास्तवममा व्यक्तिको नाम नै तोकेर यस्तो अध्ययन गरिनु हुँदैनथ्यो । प्रधानमन्त्रीको नाम नै तोकेर गरिएकोले त्यति उपयुक्त भएन भन्ने मलाई पनि लागेको हो । किनभने कैयौँ भ्रष्टाचारमा मन्त्री, सचिवहरू मुछिएका छन् । हामीले विरोध गरेका छौँ । तर, मैले कहिलेपनि त्यसमा संलग्नको नाम लिन्न । सेक्युरिटी प्रेस खरिदमा भएको घोटलामा तत्कालिन सञ्चारमन्त्री भन्छु, तत्कालिन मन्त्रीको नाम लिन्न ।त्यसकारण त्यो अनुसन्धानमा हाम्रा प्रधानमन्त्रीको नाम कसरी प्रयोग भएको हो मलाई थाहा छैन । त्यसमा मेरो पनि सहमति पनि छैन । त्यो अध्ययनमा तपाईंहरूलाई सहभागी पनि गराइएन, तर नेपाल च्याप्टर भएका कारण तपाईंको संस्थामार्फत् रिर्पोट सार्वजनिक गरियो । तपाईंलाइ जानकारी नै नदिइ तपाईंकाे देशको प्रधानमन्त्रीलाई भ्रष्ट भनेको छ । अब यो अध्ययन रिर्पोटमा तपाईको संस्थाको संस्थागत असहमति रहन्छ कि रहन्न ? हामीले असहमति राख्दैनौँ । किनभने यो अन्तराष्ट्रियस्तरमा भएको अध्ययन हो । उनीहरूले अन्त पनि यस्ता अध्ययन गर्दै आएका छन् । मलाई व्यक्तिगत रुपमा प्रधानमन्त्रीको नाम किटान नगरिदिएको भए हुन्थ्यो भन्ने लागेको हो । तर, संस्थागत रुपमा असहमति राख्न सक्दैनौँ ।