NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

आजका ‘गुड न्युज’ : महामारीमा खट्ने स्वास्थ्यकर्मीलाई तत्काल भत्ता दिन निर्देशन

काठमाडौं । आज दिनभर सञ्चारमाध्यमबाट विभिन्न खाले समाचारहरू प्रकाशित/प्रशारित भए । दुर्घटना, भ्रष्टाचार, अपराधजस्ता निरासाजनक समाचारहरूले नै आज पनि सञ्चारमाध्यममा पकड कायम गरे । तर, यसबीचमा केही सकारात्मक समाचारहरू पनि प्रकाशित र प्रशारित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ । आजका ‘गुड न्यूज’हरू : महामारीमा खट्ने स्वास्थ्यकर्मीलाई तत्काल भत्ता दिन स्वास्थ्य मन्त्रालयको निर्देशन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई तत्काल जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गरेर महामारीमा खटिएका सबै कर्र्मचारीलाई जोखिम भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो । पर्यटकीय नगरी ठमेलमा पर्यटकको चहलपहल सुरु मुलुककै प्रमुख पर्यटकीय नगरीका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कन थालेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झन्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न आउन पाएनन् । घुम्न आएका पर्यटकलाई पनि सम्बन्धित देशले जहाज चार्टड गरेर आफ्नै देशमा फर्काउँदा ठमेल क्षेत्र सुनसान बन्न पुगेको थियो । अहिले ठमेल क्षेत्र खुलेसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोभिड–१९ का कारण उक्त कार्यक्रम स्थगित भएको थियो । युरोपियन युनियनको उडान प्रतिबन्द चाँडै हट्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले युरोपेली संघ (ईयू) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्द छिट्टै हट्ने बताएका छन् । नेपालको हवाई सुरक्षास्तर दर अन्य मुलुकको तुलनामा निकै अगाडि रहेको उल्लेख गर्दै उनले अझै पनि नेपाललाई ईयूले उडान प्रतिबन्ध गाइराख्नुपर्ने कुनै कारण नभएको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रकाशन गरेको ‘एभिएसन सेफ्टी रिपोर्ट–२०२०’ को शुक्रबार सार्वजनिक गर्दै मन्त्री भट्टराईले ईयूको सुरक्षा चासोअनुरुप नेपालले हवाई क्षेत्रको नीतिगत तथा संस्थागत संरचनाको सुधार प्रक्रियामा रहेकाले चाँडै नै नेपालका जहाज विश्वका जुनसुकै मुलुकमा उडान भर्नसक्ने दावी गरे ।