बन्दुकसहित पाँच पक्राउ

नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारवाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका–३ बस्ने २७ वर्षीय रवीन तामाङ, २८ वर्षीय अमर तामाङसहित १७ वर्षीय दुई र १५ वर्षीय एक किशोर रहेका छन् । उनीहरुले बन्दुक प्रयोग गरेर लामो समयदेखि सिकार गर्नेहरुको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको टोलीले जङ्गलबाट रङ्गेहात पक्राउ गर्न सफल भएको जनाइएको छ ।
ताजा अपडेट
-
व्यास नगरपालिकामा अघि लागे कांग्रेसका न्यौपाने, पछि पछि जोशी
-
धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको फराकिलो अग्रता, कसको कति मत ?
-
काठमाडौंमा एमालेका स्थापितमाथि कांग्रेसकी सिर्जनाको अग्रता
-
गठबन्धन मूलभूतरुपमा सफल : अध्यक्ष दाहाल
-
सार्वजनिक विदाका दिन चलाएपछि सरकारी गाडी कारबाहीमा
प्रतिक्रिया