NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चिनियाँ रक्षामन्त्री काठमाडौंमा

चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एकदिने नेपाल भ्रमणका लागि आज (आइतबार) बिहान काठमाडौं आइपुगेका छन् । नेपाल–चीन सम्बन्धको ६५ औं वर्षगाँठको अवसर पारेर नेपाल आएका हुन् । एक दिने भ्रमणका लागि आएका उनी आजै काठमाडौंबाट फिर्ता हुनेछन् । काठमाडौंमा रहदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । रक्षामन्त्री वेई केहीबेर चिनियाँ राजदूतावासमा आयोजना हुने कार्यक्रममा सहभागी भई सैनिक मुख्यालय जंगी अड्डामा पुग्नेछन् । त्यहाँ नेपाली सेनाले ‘गार्ड अफ अनर’बाट सम्मान गर्ने छ भने प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय भेटवार्ता हुनेछ । त्यसपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेर वेईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस लगत्तै वेईको राष्ट्रपति कार्यालय पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम छ । त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रस्थान गरी उनी स्वदेश फर्किनेछन् ।