NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

जित्नैपर्ने खेलमा भारतलाई अष्ट्रेलियाको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । पहिलो खेल हारेर दबाबमा आएको भारतलाई अष्ट्रेलियाले दोस्रो खेलमा पनि चुनौतीपूर्ण लक्ष्य दिएको छ । तीन खेलको एक दिवसीय सिरिजमा भारतले पहिलो खेल गुमाएको थियो । दोस्रो खेलमा पनि अष्ट्रेलियाले भारतलाई ३९० रनको चुनौतीपूर्ण लक्ष्य दिएको हो । आफ्नै भूमिमा भइरहेको खेलमा अष्ट्रेलियाका लागि ओपनर डेबिड वार्नरले ८३, आरोन फिन्चले ६० रन बनाए । पहिलो खेलमा पनि शतक हानेका स्टेभन स्मिथले दोस्रो खेलमा पनि शतकीय इनिङ खेले । उनले ६४ बलमा १०४ रन बनाए । मार्नस लाबुस्चगने ले ७० रन बनाए । ग्लेन म्याक्सवेलले २९ बलमा ६३ रन बनाए । अष्ट्रेलियाले अन्तिम ५ ओभरमा ६३ रन बनायाे । भारतले ७ जना खेलाडीलाई बलिङ गराए पनि रविन्द्र जडेजाबाहेक सबै बलर महंगा सावित भए । पहिलो खेलमा ३७४ रन बनाएर भारतलाई ३७५रनको लक्ष्य दिएको अष्ट्रेलियाले ६६ रनले खेल जितेको थियो । सिरिजमा कायम रहन भारतलाई याे खेल जित्नैपर्ने दबाब छ ।