NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

चिनियाँ रक्षा मन्त्रीले प्रधानमन्त्रीसँग ४० मिनेट, राष्ट्रपतिसँग २५ मिनेट वार्ता गर्ने

काठमाडौँ । चिनियाँ रक्षा मन्त्री वेइ फेङ्हे एक दिने भ्रमणमा काठमाडौंमा छन् । उनी विहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका थिए । उनी १० : ३० देखि ११ः१५ सम्म चिनियाँ दुतावासको लञ्चमा सहभागी भए । र १ बजेर १५ मिनेटमा नेपाली सेनाको सैनिक मुख्यालयतर्फ हिंडेका थिए । उनी अहिले नेपाली सेनाको सैनिक हेडक्वाटरमा छन् । त्यहाँ चिनियाँ रक्षा मन्त्री र नेपाली सेनाका प्रधानसेनापतिवीच भेटघाट भइरहेको छ । यसपछि ३ बजेर ५० मिनेटमा चिनियाँ रक्षा मन्त्री वेइ शिष्टाचार भेटका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदैछन् । उनी आर्मी हेडक्वाटरबाट वीर अस्पताल, जमल, लैनचौर, लाजिम्पाट, प्रहरी एकेडेमी हुँदै प्रधानमन्त्री निवास पुग्नेछन् । त्यसका लागि ३ बजेर ३० मिनेटदेखि नै यो बाटो अवरुद्ध हुनेछ । यस्तै सैनिक मुख्यालयबाट प्रधानमन्त्री निवास बालुवाटार जान वैकल्पिक बाटो पनि तय भएको छ । वैकल्पिक बाटोमा सैनीक मुख्यालयबाट वीर अस्पताल, जमल, दरबारमार्ग, नागपोखरी, कमलपोखरी, प्रहरी मुख्यालय, भाटभटेनी हुँदै प्रधानमन्त्री निवास पुग्नेछन् । यो अवधिमा यस क्षेत्रका मुख्य सडक पनि अवरुद्ध हुनेछ । चिनियाँ रक्षामन्त्री वेइले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ४ बजेर ५ मिनेट देखि ४ : ४५ बजेसम्म ४० मिनेट भेट गर्नेछन् । उनी ४ बजेर ५० मिनेट जाँदा राष्ट्रपतिसँगको शिष्टाचार भेटका लागि शितलनिवास जानेछन् । त्यस अवधिमा बालुवाटार, प्रहरी एकेडेमी अघिको बाटो अवरुद्ध हुनेछ । रक्षा मन्त्री वेइले राष्ट्रपति भण्डारीसँग २५ मिनेट भेट गर्नेछन् । र उनी ५ : ३० बजे त्यहाँबाट त्रिभुवन विमानस्थलतर्फ प्रस्थान गर्नेछन् । उनी लाजिम्पाट, लैनचौर, दरबारमार्ग, घण्टाघर, भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने हुँदै एयरपोर्ट पुग्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष