जीप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा एकको मृत्यु भएको छ, भने पाँच जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ०२५२ नम्बरको बोलेरो जीप आज बिहान भाइबाङ खोला नजिकको सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनमा परेर जीपमा सवार ११ वर्षीया बालिका करिस्मा क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनमा परी जीपका चालक ४२ वर्षका खुमबहादुर कटुवालसहित पाँच जना घाइते भएका छन् । घाइते चालक कटुवाल र उनकी श्रीमती सुनिता क्षेत्री, जीपमा सवार सुकला केसी, कृपा क्षेत्री र राजन क्षेत्रीलाई उपचारका लागि बेनी अस्पताल लगिएको छ ।
ताजा अपडेट
-
नयाँ मन्त्रीको शपथ बिहान ११ बजे
-
के छ माधव नेपालको प्रतिवेदनमा ?
-
जहाज अवतरण हुन लाग्दा रनवेमा मान्छे हिँडेपछि…
-
रविको दलमा धादिङबाट मात्रै चार केन्द्रीय सदस्य, तीन डाक्टर
-
यस्ता छन् रवि लामिछानेको स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया