शनिबारदेखि खुल्दै माउन्टेन फ्लाइट : बुद्धपछि यतीले ल्यायो अफर, एउटा टिकट किन्दा अर्को ‘फ्रि’

काठमाडौं । आठ महिनापछि पहिलोपटक माउन्टेन फ्लाइट सुरु हुने भएको छ । आगामी २० गतेदेखि माउन्टेन फ्लाइट सुरु गर्नेगरी एयरलाइन्स कम्पनीहरूले तयारी अघि बढाएका छन् । लकडाउनपछि पहिलोपटक खुलेको माउन्टेन फ्लाइटमा एयरलाइन्स कम्पनीहरूले ग्राहक तान्न आकर्षक प्याकेजहरू घोषणा गरेका छन् । यती, बुद्ध र सिम्रिकले नेपालमा माउन्टेन फ्लाइट गर्दै आएका छन् । त्यसमध्ये बुद्ध र यतीले नयाँ प्याकेज घोषणा गरेका छन् । सर्वोच्च शिखर सगरमाथा दृश्य अवलोकनका लागि माउन्टेन फ्लाइटको एउटा टिकट खरिद गर्दा अब अर्को टिकट सित्तैमा पाइने भएको छ । यतीले आइतवार यस्तो अफर घोषणा गरेको हो । एयरलाइन्सले सगरमाथा दृश्य अवलोकनको लागि फ्लाइटको मूल्य ९ हजार रुपैयाँ तोकेको छ । मंसिर २० देखि सुरु भएको यो अफर नेपाली नागरिकका लागि मात्र लागू हुनेछ । विदेशी नागरिकका लागि भने याे अफरकाे मूल्य १३ हजार पाँच सय तोकिएको छ । बुद्ध एयरलाइन्सले शनिवार माउन्टेन फ्लाइटका लागि परीक्षण उडान गरेको थियो । उक्त एयरलाइन्सले पनि २० मंसिरदेखि नै नियमित उडान गर्नेछ । बुद्धले पनि एउटा टिकट खरिदमा अर्को ‘फ्रि’ गरेको छ ।
ताजा अपडेट
-
सरकारको नीति तथा कार्यक्रमबारे आयो मिश्रित प्रतिक्रिया, कसले के भने ?
-
किरणलाई हटाएर नवयुगलाई कप्तान बनाइयो
-
बालेनबारे लाउरेको प्रतिक्रिया : मेरा मितज्यूले बबालै गरे
-
ललितपुर महानगरको मेयरमा फेरि चिरीबाबु, मतगणना नसकिँदै दिए व्यञ्जनकारले बधाई
-
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
प्रतिक्रिया