NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कोरोना संक्रमण रोकथामका लागि गरेको खर्च विवरण पठाउन स्थानीय तहलाई निर्देशन

काठमाडाैँ । सरकारले सबै स्थानीय तहलाई कोरोना संक्रमण रोकथामका लागि गरेको खर्चको विवरण पठाउन निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सर्कुलर गरि उक्त शीर्षकमा भएको कार्तिक मसान्तसम्मको खर्च पठाउन निर्देशन दिएको हो । कोरोना नियन्त्रणका नाममा स्थानीय तहमा अस्वभाविक खर्च भएको समाचारहरु सार्वजनिक भइरहेका बेला सरकारले यस्तो परिपत्र गरेको हो । मन्त्रालयले त्यस्तो विवरण ७ दिनभित्रमा पठाउन भनेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष