NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

आज दिनभरका ‘गुड न्युज’ सांसद विकास कोषको बजेट स्वास्थ्य क्षेत्र खर्चिने

काठमाडाैँ । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू प्रवाह भए । त्यसमध्ये अधिकांश खबरहरू पाठकलाई निरास बनाउने खालका थिए । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । जसले पाठकहरूमा सकारात्मक उर्जा थप्ने काम गरे । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । नेपालको पानी निर्यात गर्न विश्वकप २०२० बन्न सक्छ अवसर सरकारको नीति तथा अनुसन्धान प्रतिष्ठान‘थिंक ट्यांक’ ले नेपालले मध्यपूर्वमा पानी निर्यात गर्न सकिनेबारे प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदनअनुसार मध्यपूर्वमा पानी निर्र्यातका लागि विश्वकप २०२० ठूलो अवसर हुने जनाइएको छ । मध्यपूर्वी क्षेत्रको पानीको संकटसँगै बढ्दो माग पूर्तीका लागि नेपालले पहल थाल्नुपर्ने उक्त पूतिवेदनले बताएको छ । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङहे एक दिने नेपाल भ्रमण सकेर फर्किएका छन् । भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली छुट्टाछुट्टै भेट गरे । नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयन तथा नेपाल र चीनको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनका लागि नेपालको भ्रमणमा आएको उनले बताएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको सबै बजेट स्वास्थ्य क्षेत्रमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत यस वर्षको सबै बजेट स्वास्थ्य क्षेत्रको लागि छुट्याएका छन् । यसअन्तर्गत शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवं सुदृढीकरण कार्यक्रम तिलोत्तमा नगरपालिका रुपन्देहीका लागि १ करोड र पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रम सैनामैना नगरपालिका रुपन्देहीका लागि १ करोड रकम विनियोजन गरिएको छ । यससँगै लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा सञ्चालन, बुटवल उपमहानगरपालिका – ९ रुपन्देहीका लागि ५० लाख र शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रम, बुटवल उपमहानगरपालिका– १२ रुपन्देहीका लागि १ करोड ५० लाख रुपैयाँ छुट्टाइएको छ । सेयर बजारको कारोबार रकम ९ अर्ब नाघ्योसेयर बजारमा दिनदिनै नयाँ रेकर्ड कायम भइरहेको खण्डमा आइतबार कारोबार रकम ९ अर्ब नाघेको छ । साताको पहिलो कारोबारमा नेप्से परिसूचक ३.९६ प्रतिशत अर्थात ७५ दशमलव २ बढेर ९ सय ६३ दशमलव २७ अंक भन्दा माथि पुगेको छ । नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेपछि सयर कारोबार रकम पनि एकैदिन साढे ९ अर्ब रुपैयाँ नाघेको छ ।