NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

गर्भवती हुँदा कोरोना भएकी आमाले जन्माइन एन्टिबडीसहितको शिशु

सिंगापुरकी एक महिलाले कोरोना भाइरसको एन्टीबडी भएको शिशुलाई जन्म दिएकी छिन् । सेलिना एन–च्यान नाम गरेकी उक्त महिलाले यही नोभेम्बरमा एन्टिबडीसहितको छोरा एल्डिनलाई जन्म दिएकी छिन् । यस घटनाले कोरोना भाइरस आमाबाट शिशुमा सर्छ भन्ने संकेत गर्ने विशेषज्ञहरुले जनाएका छन् । काेराेना नभए पनि उनले काेराेना भाइरसकाे एन्टिबडीयुक्त बच्चा जन्माएकी हुन् । गत मार्चमा सेलिना गर्भवती हुदाँ उनमा कोरोना भाइरसको सामान्य लक्षण देखिंदा उनी युरोपमा छुट्टी मनाइरहेकी थिइन् । उनलाई अस्पतालले संक्रमण भएको साढे दुई हप्तापछि नै डिस्चार्ज गरेको थियो । कोरोना भएसँगै एन–च्यान सिंगापुरमा थोरैमात्र कोरोनाबाट संक्रमित हुनेको सुचीमा उनको नाम पनि समावेश भएको ‘द स्ट्रेट’ले जनाएको छ । ‘द स्ट्रेट’का अनुसार कोरोनाको गम्भीर संक्रमणकै कारण उनकी ५८ वर्षिया आमा मृत्युको मुखमा पुगेकी थिइन् । ‘सेलिनाले छोरालाई जन्म दिदाँ उनी कोेभिड–१९ कोरोना भाइरस मुक्तमात्र थिएनन्, उनमा भाइरस विरूद्ध एन्टिबडीसमेत विकास भएको थियो’ शिशुको उपचारमा संलग्न बाल रोग विशेषज्ञले भने ।‘यो निकै रोचक छ’, एन–च्यानले भनिन्,‘उसको चिकित्सकले भने की ममा भएको एन्टिबडी समाप्त भयो । तर एल्ड्रिनमा कोभिड–१९ एन्टिबडी देखियो । मेरो चिकित्सकको अनुमान छ की गर्भावस्थामा मभित्र रहेको एन्टिबडी छोरामा स्थानान्तर भयो ।’ यद्यपी, विश्व स्वास्थ्य संगठनले भने गर्भवती महिलाबाट शिशुमा एन्डीबडी सर्छ कि सर्दैन भन्ने अहिले नै यकिन गर्न नसकिने बताएको छ । इमर्जिङ्ग इन्फेक्शन डिजिज नामक पत्रिकाले जनाए अनुसार शिशुहरुको एन्टिबडी र समय अनुसार यसको गिरावटबारे चिनियाँ चिकित्सकहरुले जानकारी दिएका छन् । कोरोना संक्रमणका कारण नाटकीय बनेको एनजी चानको गर्भावस्थाको संघर्ष अन्ततः सकिएको छ । ‘कोरोना भाइरसको संक्रमणका बाबजुद मेरो पहिलो तीन महिना निकै सुचारू थियो । एल्ड्रिन पाएकोमा म भाग्यमानी छु र उनी निकै स्वस्थ छन्, ।’ एनजी–च्यानले भनिन् ।