NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

कोरोनाबाट एकैदिन २९ को मृत्यु, १४७४ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप एक हजार चार सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर नौ हजार नौ सय ११ जनाले पिसिआर परिक्षण गराएकोमा एक हजार चार सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रिय संक्रमितको संख्या १७ हजार चार सय २३ रहेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार नौ सय ३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख ३३ हजार चार सय ५२ रहेको छ । कोरोना संक्रमणकै कारण देशभर थप २९ जनाले ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार पाँच सय आठ पुगेको छ । थप ५८ जना भ्यान्टिलेटरमा उपचारारत छन् । आईसीयुमा उपचारत हुनेको संख्या तीन सय ७५ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकामा थप आठ सय नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा पुरूषको संख्या चार सय ४८ तथा महिलाको संख्या तीन सय ६१ रहेको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ ।