पिकअप दुर्घटनामा दुईको मृत्यु, दुई घाइते

इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी रहेको बताइएको छ । इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका हुन् । उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । को२च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो ।
ताजा अपडेट
-
चुनाव सकिएपछि पहिलोपटक बस्यो सत्ता गठबन्धनको बैठक
-
बलात्कार आरोपी मनोज पाण्डे पक्राउ
-
समृद्ध हेटौँडा बनाउने उपमहानगर प्रमुख लामाको प्रतिबद्धता
-
व्यास नगरपालिकामा अघि लागे कांग्रेसका न्यौपाने, पछि पछि जोशी
-
धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको फराकिलो अग्रता, कसको कति मत ?
प्रतिक्रिया