घरघर पुगेर स्वाब संकलन गर्दै काठमाडौं महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले पीसीआर परीक्षणका लागि नागरिकको घरघरमा गएर स्वाब संकलनको कामलाई तीव्रता दिएको छ । उपत्यकामा संक्रमणको दर बढ्दै गएपछि महानगरले मोबाइल भ्यान मार्फत घरघरमा गएर स्वाव संकलनको कामलाई तिव्रता दिएको हो । कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको ट्रेसिङमा परेका र अस्पतालसम्म परीक्षणका लागि जान नसक्ने नागरिकहरुको स्वाव संलकन महानगरले गरिरहेको छ । महानगरले कन्ट्याक ट्रसिङमा परेका र लक्षण देखिएका, अस्पताल जान नसक्ने अवस्थाका जेष्ठ नागरिक र असहायहरुको स्वाव संकलन गरिरहेको महानगरको स्वाव संकलन कार्यक्रमका संयोजक ऋषि भुसालले बताए । महानगरले मोबाइल भ्यानमार्फत स्वाव संलकन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षणका लागि पठाउने गरेको पनि बताए । ११ नम्बर वडाका सहायक सचिव सर्वज्ञराज पौडेलले वडाहरुमा ट्रेसिङमा परेका व्यक्तिहरुको तथ्याङ्क संकलन गरी महानगरको जनस्वास्थ्य विभागको समन्वयनमा स्वा संलकन भइरहेको बताए । उनले संक्रमणको दर बढिरहेकाले अनावश्यक रुपमा घर बाहिर ननिस्किन पनि सर्वसाधारणहरुलाई आग्रह गरे । काठमाडौंमा दिनदिनै संक्रमितहरुको संख्या बढीरहेकाले महानगरपालिकाले निःशुल्क पीसीआर परीक्षणका लागि स्वाव संकलनलाई तिव्रता दिएको हो ।
ताजा अपडेट
-
न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न निषेध
-
सुडानमा सरकार विरोधी आन्दोलन थप चर्किदै
-
पोखरा स्पोर्ट्स अवार्ड :अरुणा र प्रदीप वर्ष उत्कृष्ट खेलाडी
-
बैतडीबाट पाँच महिलाको उद्धार
-
नेकपा एसका अध्यक्षलाई भारतीय राजदूतले भेटे
नेपालवाच विशेष
-
भएका १९ विमानस्थल अलपत्र, तैपनि थप गर्ने चटारो
-
अब कति बजेट पाउँछन् प्रदेश र स्थानीय तहले ?
-
जहाज हराएको घटना : मृत्युको पुष्टि नभइ मुख्यमन्त्रीदेखि मेयरसम्मले दिए श्रद्धाञ्जलि !
-
पूर्वप्रशासकका नजरमा यी हुन् काठमाडौं महानगरका विकृति र बालेनका चुनौती
-
महिनावारीकाे विज्ञापन संसार : सय वर्षमा बदलिँदैछ मानसिकता
प्रतिक्रिया