NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बालुवाटारमा विष्णु पौडेलको ‘बर्थ डे सेलिब्रेसन’ : एक सय वर्ष बाँच्न शुभकामना

काठमाडौं । आन्तरिक विवाद उत्कर्षमा पुगेको नेकपाको सचिवालय बैठक बस्नुपूर्व बालुवाटारमा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको ‘बर्थ डे सेलिब्रेसन’ गरिएको छ । मंगलबारबाट ६२ वर्षमा प्रवेश गरेका पौडेललाई जन्मदिनको शुभकामना दिंदै सचिवालयको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । पौडेललाई प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डले केक खुवाउँदै जन्मदिनको शुभकामना दिएका थिए । ‘महासचिव कमरेड विष्णुप्रसाद पौडेललाई जन्मदिनको शुभकामना दिंदै पार्टी सचिवालयको बैठक शुरूभएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालू ‘प्रचण्ड’, उपप्रधानमन्त्री ईश्वर पोखरेलका साथै वरिष्ठ नेता कमरेडहरूले केक खुवाएर महासचिवलाई जन्मदिनको बधाई तथा स्वस्थ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ’ सामाजिक संजालमा थापाले लेखेका छन्, ‘उक्त अवसरमा पार्टी उपध्यक्ष वामदेव गौतमले १०० बर्ष बाँच्नुहोस् र राम्रो काम गरेर जानुहोला भन्दै शब्दमा शुभकामना दिनुभएको छ । ६२ बर्षमा प्रवेश गर्नुभएका महासचिव कमरेडलाई हाम्रो पनि हार्दिक बधाई तथा सफल र स्वस्थ जीवनको शुभकामना ।’

ताजा अपडेट

नेपालवाच विशेष