NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

दूतावास धाउनेमा पूर्व गृहमन्त्री सिटौला पनि

काठमाडौ । भारतीय दूतावास धाउनेमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मात्र होइनन्, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला पनि छन् । गुप्तचर एजेन्सीले नेपालस्थित केही महत्त्वपूर्ण विदेशी दूतावासमा यहाँका नेता तथा प्रतिष्ठित व्यक्तिहरुको आवत–जावतको सूचना संकलन गर्छ । गुप्तचर एजेन्सीले गरेको खोजमा दूतावाससँग बाक्लो उठ्बस गर्ने नेतामा सिटौला पनि दरिएका छन् । ४ वटै सुरक्षा निकायले गुप्तचरमार्फत संकलन गर्ने यस्तो विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र गृह मन्त्रलायमा बुझाउने गर्छ । यो पनि पढ्नुस् महिनैपिच्छे भारतीय दुतावास धाउँछन् बाबुराम भट्टराई, दिनको दुई पटकसम्म छिरेको ‘ट्रयाक रेकर्ड’ नेपालवाचले भदौ देखि मंसिर १४ गतेसम्म भारतीय दूतावास धाउनेहरुको विवरण प्राप्त गरेको छ । उक्त विवरण अनुसार, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईपछि भारतीय दूतावास आउजाउ गरिराख्ने नेतामा पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला र कांग्रेसकै अर्का नेता अमरेशकुमार सिंह प्रमुख छन् । प्राप्त सूचनाअनुसार, पूर्व गृहमन्त्री सिटौला भदौ १० गते साँझ ५ बजेर १० मिनेटमा दूतावास प्रवेश गरेर ५ बजेर ५० मिनेट जाँदा बाहिरिएका थिए । उनी भदौ २० गते पनि दूतावास गएका थिए । त्यो दिन उनी बिहान ७ बजेभित्र छिरेर विहान ७ बजेर ४० मिनेट जाँदा बाहिरिए । यसपछि भदौ २८ गते पनि सिटौला दूतावास छिरेको रिर्पोटमा उल्लेख छ । भदौ २८ गते उनी साँझ ७ बजेर १० मिनेटमा भित्र छिरेर ७ बजेर ५० मिनेटमा बाहिर निस्किएका थिए । यसपछि सिटौला असोज ४ गते पुनः दूतावास छिरे । उक्त दिन दिउँसो ३ बजे दूतावास छिरेर उनी ४ बजे बाहिरिएका थिए । सुरक्षा निकायको उक्त रिर्पोटअनुसार सिटौला असोज २६ गते पनि दूतावास गएका छन् । तर यसपटक उनी लामो समय बसेनन् । साँझ ८ बजे पुगेका उनी १० मिनेटलगत्तै बाहिरिए । त्यस्तै, असोज ३० गते बिहान ११ बजे पनि सिटाैला दुतावास गएका थिए । यो दिन उनले त्यहाँ ११ मिनेट बिताए । सिटौला कात्तिक महिनामा दुई पटक दूतावास पुगेका छन् । कात्तिक ९ गते साँझ ५ बजे दूतावास छिरेका उनी ४० मिनेटपछि फर्किएका थिए । यस्तै, कार्तिक १६ गते साँझ ७ बजेभित्र गएर ७ : २० बजे बाहिर निस्किएका थिए । यस्तै मंसिर महिनामा १४ गतेसम्म उनी दुई पटक दूतावास पुगेको रिर्पोट गुप्तचरले तयार पारेको छ । सिटौला मंसिर ७ गते साँझ ७ बजेर १० मिनेटमा दूतावास छिरेर ७ बजेर ५० मिनेट जाँदा बाहिरिएका थिए । मंसिर १३ गते विहान ७ बजे दूतावास गएर ९ बजे फर्किएका थिए । सिटौला भन्छन्, म गएको छैन पूर्व गृह मन्त्री कृष्ण प्रसाद सिटौलाले भारतीय दूतावासमा आफ्नो बाक्लो आवत–जावत हुने गरेको प्रश्नलाई अस्वीकार गरेका छन् । उनले पछिल्लो समय कहीँ ननिस्किएको र दूतावास नगएको बताए । सिटौलासँग नेपालवाचले गरेको कुराकानी गुप्तचरकाे एउटा रिर्पोटले भारतीय दूतावासमा तपाईंंको बाक्लो आवत जावत हुने गरेको देखाएको छ, मंसिर ७ गते तपाईंं भारतीय दूतावास जानुभएको सत्य हो ? कहाँ ? भारतीय दूतावास ? कहिले ? मंसिर ७ गते ? अहँ भारतीय दूतावासमा तपाईंंको उपस्थिती बाक्लो रहेको भन्ने रिर्पोट भेटिएको थियो । त्यसबारे तपाईंंको प्रतिक्रियाका लागि फोन गरेको हुँ ? हैन हैन गएको छैन । बेकारको कुरा हो । सुरक्षा निकायले तपाईंं गएको, त्यहाँ बसेको र फर्किएको समय र तपाईंंले प्रयोग गरेको गाडी नम्बर समेत उल्लेख गरेको छ । त्यस्तो रिर्पोट कसरी गलत भन्न सकिएला ? के थाहा मलाई । यसपाली त उनीहरुको स्वतन्त्रता दिवसको दिन पनि गइएन । अन्य कुनै भेटघाटका लागि जानुभएको थियो की ? छैन, छैन । भदौ देखि मंसिर १४ गतेसम्म तपाईंं दूतावास गएको विवरण भेटिएको छ नी ? यदि त्यस्तो हो भने उनीहरु नै जानुन् । मैले होईन भनेपछि तपाईंंहरुलाई भैगो नी । अनि सुरक्षा निकायले दूतावास जानेको सुराकी गर्दो रहेछ अचेल ?