NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

आजका ‘गुड न्युज’, भारतमा सीधा हवाइ उडान गर्न नेपालको स्वीकृति

काठमाडाैं । आज दिनभर सञ्चारमाध्यमबाट अनेकौं खबरहरू संप्रसित भए । त्यसमध्ये अधिकांश खबरहरू नकारात्मक सन्देशयुक्त थिए । नकारात्मक खबरको बाढीका बीच केही सकारात्मक सन्देशहरू पनि प्रवाहित भएका छन् । नेपालवाचले आज दिनभर प्रकाशित यस्तै सकारात्मक खबरहरूको संक्षिप्त सूची तयार गरेको छ, ताकि नकारात्मक समाचार पढेर आजित पाठकलाई केही राहत मिलोस् । – भारतमा सीधा उडान गर्न नेपाल सरकारको स्वीकृति करिब ८ महिनाको बन्दाबन्दीपछि नेपाल सरकारले भारतमा सीधा उडानका लागि स्वीकृति दिएको छ । मंसिर १० को मन्त्रीपरिषद्को बैठकले भारतसँग ‘एयर ट्राभल बबल्स’ को अवधारणामार्फत सिधा हवाइ उडान गर्नका लागि स्वीकृती दिने निर्णय गरेको थियो । कोरोना संक्रमणलाई मध्यनजर राख्दै भारतले हालसम्म २१ देशसँग एयर ट्राभल बबल्स अवधारणामा दुईपक्षीय हवाई सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार भारतीय नागरिक र भारतमा उडान गर्र्न योग्य यात्रुमात्र सहभागी हुन पाउनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत् सीधा उडानका लागि भारतको उड्डयन मन्त्रालयलाई पत्र पठाएको हो । – त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पसमा पढाइ सुरु हुने त्रिभुवन विश्वविद्यालय मातहतका सबै क्याम्पस, विभाग तथा स्कुलहरूमा नियमित पठनपाठन सुरु हुने भएको छ । स्थानीय तहसँगको सहकार्यमा पर्याप्त सुरक्षा सतर्कताका साथ भौैतिक उपस्थितीमै कक्षा सञ्चालन गर्ने निर्णय भएको हो । भौतिक उपस्थिति सम्भव नभए वैकल्पिक विधिको प्रयोग गर्न सकिने सूचना विश्वविद्यालयले जारी गरेको छ । – कालिगण्डकी करिडोर कालोपत्रे गर्न सुरु कालिगण्डकी करिडोर अन्तरगत गुल्मीको रिडी—रुद्र्रवेणी—हर्मिचौर सडकखण्ड कालोपत्रे गर्ने काम सुरु भएको छ । मंगलबार रुरु क्षेत्र गाउँपालिका वडा नंबर १ को रिडीबाट कालोपत्रेको शुभारम्भ गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत र चीन जोड्ने कोरिडोरले जिल्लाका नागरिकको आर्थिक तथा सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्ने बताएका छन् । – अब ट्राफिक लाइटको बेवास्ता गर्नेले अनलाइनमार्फत कक्षा लिनुपर्ने ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको सुरुवात गरेको छ । यसअघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरूलाई मात्र ट्राफिक कक्षा लिँदै आएको थियो । कोरोना महामारीका कारण ट्राफिक नियम उल्लंघन गर्नेले बग्गीखाना पुगेर कक्षामा सहभागी हुने व्यवस्था बन्द भएको थियो । कोरोना संक्रमण र जोखिमको व्यवस्था रहेको हुनाले महाशाखाले चालकहरूलाई घरमै बसेर भर्चुअल कक्षा लिने व्यवस्था गरेकोे जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष